डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारले बढी मत ल्याएका छन्।
कांग्रेसको आधिकािरक उम्मेदवार कमलसिंह भाटले १२४ मत ल्याएका छन् भने बागी उम्मेवार लोकराज भट्टले १४४ मत ल्याएर उनलाई उछिनेका छन्। उपाध्यक्षमा पनि आधिकारिक उम्मेदवार कमला बिष्टले भन्दा बागी उम्मेदवार किशोर बिष्टले बढी मत ल्याएका छन्।
कांग्रेसको यो आन्तरिक विवादले माओवादी केन्द्रलाई फाइदा पुगेको छ। मुख्य निर्वाचन अधिकृत चिरञ्जिवी गिरीका अनुसार माओवादीका अध्यक्ष उम्मेदवार उमेशप्रसाद भट्ट २४८ मत ल्याएर अगाडि छन् । उपाध्यक्ष कलावती भानले २१६ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेको एमालेका अध्यक्ष उम्मेदवार धनबहादुर साउदले १९५ र उपाध्यक्षका सुष्मिता पन्तले १९८ मत ल्याएका छन्।