अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारकै दोस्रो ठूलो हिंसाजन्य देशको संज्ञा दिएका छन्। उनले शुक्रबार आफ्नो ट्वीटरमा पोस्ट गर्दै भनेका छन्- मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो। यहाँ बर्सेनी हजारौँ नागरिक मारिन्छन्।
उनले उक्त ट्वीटमार्फत् मेक्सिकोमा लागुऔषधका कारण बर्सेनी धेरै मानिसको ज्यान जाने गरेको र यही कारण अमेरिकाले सीमामा पर्खाल निर्माण गर्ने बताएको स्पष्टिकरण पनि दिएका छन्।
उनले भनेका छन्, 'हामीले पर्खाल लाउँछौँ, कुनै पनि हालतमा हामीले सीमामा पर्खाल ठडाउँछौँ ।'
हालै लन्डनबाट सम्प्रेशित एक रिपोर्टमा सन् २०१६ मा सिरियापछि सबैभन्दा धेरै मानिस मारिने देशकारुपमा मेक्सिको आएको जनाइएको थियो।
राष्ट्रपति ट्रम्पले त्यसैका आधारमा सो ट्वीट गरेका बताइएको छ। यस भनाईपछि मेक्सिकोको भने कुनै प्रतिक्रिया आएको छैन । रासस/एएफपी