फिल्म 'रुदाने- विद्रोहको नेपाली नाम' को फस्टलुक सार्वजनिक भएको छ।
फिल्म थाहा अभियन्ता रुपचन्द्र विष्टको जीवनीमा आधारित छ।
विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर फिल्म निर्माण युनिटले बुधबार फष्टलुक सार्वजनिक गरेको हो ।निर्माता जागृत रायमाझीले बनाएको फिल्ममा अमित किशोर सुवेदी र विकाश ढकालले साथ दिएका छन्।
विष्टको भूमिकामा कलाकार दिब्यदेबलाई देख्न सकिन्छ। फिल्म मकवानपुरको दामन पालुङमा खिचिएको छ। यसै वर्ष फिल्म प्रर्दशनमा आउने रायमाझीले बताए।