आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट भोक्राहा–८ मा दलित महिला सदस्यको उम्मेदवारी दिएकी एक महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्।
विजयी हुनेमा वडा नम्बर ८ की दलित महिला सदस्य विमलादेवी मोची रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।
सो वडामा उक्त पदका लागि अन्य दल वा स्वतन्त्रबाट उम्मेदवारी नपरेकाले काँग्रेसकी विमला निर्विरोध भएको निर्वाचन अधिकृत पीताम्बर गौतमले जानकारी दिए । रासस