राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाएका छन्।
सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले यही असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ । राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतले अनशनस्थलमा पुगी माग पूरा हुनुपर्ने बताएका छन्।
अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र उनीहरुले सकारात्मक जवाफ दिएको बताए । सो स्थलमा छ दिनदेखि पाँच शिक्षक अनशनमा छन् ।रासस