दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
बडिमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा दलित महिला सदस्यमा र हिमाली गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुआत गरेका हुन् ।
बडिमालिका नगरपालिका–८ र स्वामीकात्र्तिक गाउँपालिका–३ मा क्रमशः लुती नेपाली र नानी ल्वार निर्विरोध निर्वाचित भएकी छन् । माओवादी केन्द्रका तर्फबाट हिमाली गाउँपालिका–२ मा रुपसरी सार्की निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका ४७ पदका लागि १३५ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए । रासस