लामो समयसम्म चलेको बिवादबीच भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्लेले पदबाट राजीनामा दिएका छन्। आइतबार लन्डनमा आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँगको लज्जास्पद पराजयपछि कुम्लेले पदबाट राजीनामा दिएका हुन्।
भारतीय टि लन्डनबाट पाँच एक दिवसीय र एक टी ट्वान्टी खेल्न सिधै वेष्टइन्डिज जाँदैछ।
टिकट बुक भए पनि कुम्लेले आफ्नो व्यक्तिगत कारण देखाउँदै वेष्टइन्डिज भ्रमणमा गएनन्। भारतीय क्रिकेट बोर्डले कुम्लेले राजीनामा दिएको पुष्टी गरेको छ।
यसअघि लामो समयदेखि मुख्य प्रशिक्षक कुम्ले र कप्तान विराट कोहलीबीच को टकराव थियो। कुम्लेको राजीनामाको एक कारण यो पनि हुन सक्ने क्रिकेट पण्डितहरूले अड्कल काटेका छन्।
एक वर्षअघि क्रिकेट सल्लाहाकार समितिका सदस्य सचिन तेन्दुलकर, सौरव गांगुली र वीवीएस लक्ष्मणले अनिल कुम्बलेलाई प्रशिक्षकमा चुनेका थिए। अनिल कुम्बले एक वर्षका लागि भारतीय क्रिकेटलाई सम्हालेका थिए।
यसैबीच भारतीय टिमको प्रशिक्षकका लागि वीरेन्द्र सेहवाग, लालचन्द्र राजपूत, पूर्व तिब्र गतिका बलर डोडा गणेश, टम मूडी र रिचर्ड पायवसले आवेदन दिइसकेका छन्।