नेपाल विद्यार्थी सङ्घले मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत नेविसङ्घका केन्द्रीय सदस्य अनिलबहादुर शाहीमाथि गरेको कारबाही फिर्ता लिनुपर्ने माग गर्दै उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसङ्घका केन्द्रीय कोषाध्यक्ष शिव रिमालसहितको टोलीले आज उनीसँग भेट गरी विश्वविद्यालयले शाहीमाथि लगाएको सार्वजनिक मुद्दा तत्काल फिर्ता लिएर वार्ता र सहमतिको माध्यमबाट समस्या समाधान गर्न माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै उप्रधानमन्त्री श्रेष्ठले सो समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । रासस