विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् ।
भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भोजपुरे जनतालाई झुक्याएको र पुनः झुक्याउन खोजिएको आरोप लगाए।
भोजपुर नगरपालिकामा काँग्रेसको तर्फबाट प्रमुख उम्मेदवार बनेका कैलाशकुमार आलेले प्रमुख पद जितेमा आफूले पाउने सेवा सुविधा सामाजिक काममा लगानी गर्ने बताए।
चुनावी आमसभामा भोजपुर नगरपालिकालाई सुन्दर, समुन्नत र नमुना नगर निर्माणका लागि आफू उम्मेदवार बनेको प्रष्ट पारे।
यता नेकपा एमालेका प्रमुखका उम्मेदवार गणेश श्रेष्ठ पनि अहिले चुनावी अभियानमा जुटेका छन् भने नेकपा माओवादी केन्द्रका शरणकुमार राई पनि अहिले जनताको घरदैलोमा पुगेर मत माग्न ब्यस्त देखिएका छन् । रासस