स्थानीय तहको निर्वाचनमा तेस्रो लिङ्गी समुदायबाट एक जनाले प्रमुख पदमा उम्मेदवारी दिएकी छन्।
रामग्राम नगरपालिका प्रमुखमा तेस्रो लिङ्गी गीता शैथवार उम्मेदवार बनेकी हुन्। एकाउन्न वर्षीया शैथवार नेकपा माले, मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बनेकी हुन् ।
कानुनी रुपमा शैथवार मालेका तर्फबाट चुनावी चिह्न हँसिया र तारा लिएर चुनावी मैदानमा छन्। तेस्रो लिङ्गी भए पनि उनले वैवाहिक जीवनमा बाँधिएर महिलाका रुपमा नागरिकता पाएकी छन् । उपप्रमुखमा ६७ वर्षीया केबल कोइरी पनि उम्मेदवार बनेकी छन् । रासस