मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शङ्कर निर्विरोध भएकी छन्।
आइतबार मनोनयनका क्रममा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएकी मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिए।
सो वडामा एकमात्रै दलित परिवारको बसोबास छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रासस