विवेकशील नेपाली दलले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि झापाको दमक र मोरङको केराबारीमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ। यसका साथै दलले सुनसरी, रुपन्देही र कन्चनपुरका केही स्थानमा स्वतन्त्र उम्मेदवारलाई आफ्नो समर्थन पनि दिएको छ।
विवेकशील नेपाली दलको जिल्ला समितिले छनौट गरेका आधिकारिक उम्मेदवारः
क्र. सं. |
नाम थर |
जिल्ला |
स्थानीय तह |
पद |
१. |
सुवास सुवेदी |
झापा |
दमक नगरपालिका |
मेयर |
२. |
दधिराम ढकाल |
झापा |
दमक नगरपालिका, वडा ३ |
सदस्य (खुल्ला) |
३. |
सरस्वती आचार्य |
मोरङ |
केराबारी गाउँपालिका, वडा ९ |
अध्यक्ष |
झापाको दमक नगरपालिकामा दलले मेयर पदमा २९ वर्षीय सुवास सुवेदीलाई उम्मेदवार बनाएको छ। सुवेदी विवेकशील नेपाली दल झापा इकाईको व्यवस्थापिका प्रमुख हुन्।
त्यसैगरी दमक नगरपालिका वडा नं. ३ मा २५ वर्षीय दधिराम ढकालले वडा सदस्य (खुला) मा प्रतिस्पर्धा गर्ने भएका छन्।
मोरङको केराबारी गाउँपालिका, वडा ९ बाट २९ वर्षीय सरस्वती आचार्यले वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्।
त्यसैगरी अन्य केही स्थानमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकालाई समेत विवेकशील नेपालीले आफ्नो समर्थन दिएको छ ।
विवेकशील नेपाली दलले समर्थन दिएका स्वतन्त्र उम्मेदवारः
क्र. सं. |
नाम थर |
जिल्ला |
स्थानीय तह |
पद |
१. |
फडिन्द्र भण्डारी |
सुनसरी |
ईटहरी उपमहानगरपालिका, वडा २० |
अध्यक्ष |
२. |
महाशर्मा न्यौपाने |
रूपन्देही |
तिलोत्तमा नगरपालिका |
उपमेयर |
३. |
अर्जुन सिंह धामी |
कंचनपुर |
शुक्लाफाँटा नगरपालिका |
मेयर |
४. |
दिल बहादुर साउद |
कंचनपुर |
शुक्लाफाँटा नगरपालिका, वडा ११ |
अध्यक्ष |