अमेरिकाको भर्जिनियामा रिपब्लिकन पार्टीका सांसदहरूमाथि गोली प्रहार भएको छ।
स्थानीय समय अनुसार बुधबार अलेक्जेन्ड्रियामा बिहान बेस बल कोर्टमा रिपब्लिकन सांसद स्टेभ स्कालाइजसहित अन्य सांसदमाथि बन्दुकधारीले गोली चलाएका थिए।
सांसदहरुले बेस बल खेलिरहेका बेला रिपब्लिकन सांसदहरुलाई ताकेर गोली प्रहार भएको जनाइएको छ। बन्दुकधारी ५० राउन्ड गोली चलाएका थिए। घटनामा पाँच जना घाइते भएका छन्।
राष्ट्रपति डोनान्ड ट्रम्पले घटना एकदमै दुःखद भएको र आफूले घटनालाई सुक्ष्म रुपमा नियालिरहेको बताएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।