निर्वाचन आयोगले मोरङको रतुवामाई नगरपालिका ३ झुर्कियामा नमुना मतदान र मतदान शिक्षा दिएको छ । क्षेत्रीय निर्वाचन आयोगका अधिकृत प्रेम कुमार संजेल आफैं उक्त स्थानमा गई मतदानबारे शुक्रबार शिक्षा दिएका हुन्।
मैथिली समुदायका मतदाताहरुलाई उनले मैथिली भाषामै प्रस्ट बुझिने गरि उनीहरुको जिज्ञासा मेटाई दिएका थिए। २ सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा उनले २ घण्टाको मतदाता कक्षा संचालनसमेत गरेका थिए। मतदाता शिक्षा कार्यक्रम पछि नमुना मतदान गरिएको थियो। त्यसबेला २ वटा मत बदर भएको थियो । १ मत पट्याउन नजानेको र १ मत बदर भएको हो। अधिकृत संजेलले यहाँ पाएको शिक्षा सबैले ५/५ जनालाई सिकाए कुनै मत बदर नहुने र सबैमा जानेको कुरा सिकाउन आग्रह गरे।
त्यस्तै उनले निर्वाचन आचार संहिताका बारेमा समेत उमेद्घारले सचेत रहन आग्रह गरे। अहिले देखे जस्तौ तरिकाले प्रचार प्रसार गर्दै जाने हो भने निर्वाचन आयोगले स्पटीकरण लिने समेत समेत गराए। निर्वाचनले ठूलो ठुलो झन्डा, टि-सर्ट प्रिन्ट, माईकिङ जस्ता कुराहरु बन्देज गरेको छ।