मिर्गौला प्रत्यारोपण र ट्युमरसहित चार वटा शल्यक्रिया गरिसकेका बागलुङका हरिनारायण शर्मालाई कोरोनाभाइरस लाग्यो। तर उनले हिम्मत हारेनन्, अन्तत: कोरोनामुक्त भए।
भलै उनलाई केही दिन अस्पताल बस्नुपर्यो। ८ दिन अस्पताल बसेर उनी घर फर्केका छन्।
तीन साताअगाडि घर फर्केका उनी हिजोआज पनि रोग प्रतिरोधात्मक क्षमतामा असर पार्ने औषधि नियमित रूपमा सेवन गरिरहेका छन्।
कोरोना लागेपछि संक्रमितहरू अतालिने गर्छन्। तर हरिनारायणले आफ्ना परिवारका सदस्यहरूमा पनि कोरोना देखिँदा मनोबल उच्च राख्न भनिरहे।
कोरोनामुक्त भएका हरिनारायणले सेतोपाटीसँग यसबीचमा उनले भोगेका अनुभव सुनाएका छन्।
हेर्नुहोस् भिडिओ: