वायु प्रदूषणले कोरोना संक्रमितको मृत्यदुर बढ्ने खतरा अध्ययनहरूले औंल्याएका छन्।
अमेरिकाको हावर्ड विश्वविद्यालयले गरेको अध्ययनले वायु प्रदूषण धेरै भएका क्षेत्रमा बस्नेहरूको मृत्युदर अन्य ठाउँको तुलनामा १५ प्रतिशत बढी हुने देखाएको हो।
त्यस्तै, इटालीको सेइना विश्वविद्यालयले गरेको अध्ययनले पनि वायु प्रदूषण र कोरोना संक्रमितको मृत्युदरबीच सम्बन्ध भएको औंल्याएको छ।
वायु प्रदूषण र कोरोना संक्रमितको मृत्युको विषयले विश्वकै सबभन्दा प्रदुषित काठमाडौं उपत्यकालाई जोखिमपूर्ण क्षेत्रका रूपमा देखाएको छ।
यद्यपी बीबीसीका अनुसार अझै पनि चिकित्सकहरूले कोरोना संक्रमितको मृत्यु र वायु प्रदूषणबीच प्रत्यक्ष सम्बन्धबारे निष्कर्षमा पुगिहाल्नु हतारो हुनेछ।
सेतोपाटीले पछिल्ला अध्ययनबारे बीबीसी विश्व सेवाका वातावरण संवाददाता नविनसिंह खड्कासँग कुराकानी गरेको छ।
हेर्नुस् भिडिओ :