भुलेर दुःख सारा
आज अाफ्ना लागि नाच
माग, व्रतै बसी माग
आफ्ना लागि अाफैंसँग माग
जसका गोडाको पानीले
तिम्रो घाँटी, हरेक तीजमा भिजेको छ
हो, तिम्रा खसम।
तिनै खसमको गोडा
लात बनी तिमीमा बज्रेका बेला
त्यसलाई रोक्न सक्ने साहस
आज, कसम खाएर माग
तिमी आफैंले
आफ्ना लागि दिन नसकेको समय
व्रत बसेरै माग
हराएको निद्रा, पिएको आँशु
तिमीभित्रको तिमीका लागि
माग्छौ भने आज
आफैंसँग न्याय माग