यो आकाश
यो धर्ती
यो जनजीवन
मृत्युपीडाले अत्तालिएको बेला
उफ् यो समाचार सुनाउनेहरू
किन गल्ती भयो भनी क्षमा माग्दैनन्?
विचारका द्वन्द्व पोख्नेहरू
किन जिउँदा विचार बोक्दैनन्?
शुन्य मुटुको ध डकनभित्र
वास्तविकता बुझ्नै पर्ने
खालि मौन प्रश्न छन्....
हे जनमनका प्यारा!
जिन्दगी के रहेछ ?
तिम्रा वक्षस्थलमा सल्केका दीपहरू
अस्पष्ट, किरमिरझैँ लाग्दछन्
मुटु काँपिरहेछ,शरीर झमझमाइरहेछ
यो पल किन भारी हुन्छ?
अस्थिर लाग्छ जिन्दगी
बोझ लाग्छ जिन्दगी
अन्तरद्वन्द्व सुरु हुन्छ
तिमीलाई हेर्ने ,भेट्ने,छुने
कल्पनाका पखेटा काटिएका छन्
खालि शून्य मस्तिष्क ,भावविहिन शब्द
बोकेर
म त फगत
समयका धारमा
छरपस्ट मनसँगै
जीवनका जुहारतहरू
लुटिएको देख्दा
थलिएकी छु,उठ्नै नसक्ने गरी....
...सायद समयले नै घाउ पुर्नेछ।