कलेजको सुरूआती दिन। निकै खुसी थिएँ, जीवनमा ठूलै शिखर चढें भन्ने भान पनि भएको थियो, थोरैथोरै घमण्ड पनि बढेको थियो।
वाह प्लस टु पढ्ने म।
खुसी हुँदै कलेजभित्र छिरें। गेटमै उभिएका पाले दाइलाई सोधें, उनले हातले ईसारा गर्दै बताए- उ त्यो हरियो विल्डिङको तेस्रो तल्लाको १०३ नम्बर। धन्यवाद भन्दै कलेजभित्र छिरें, समयमै पुगेको थिएँ ४ जना मात्रै आएका थिए। उनीहरूबीच पनि एकअर्कामा चिनजान नभएको हुनाले चारतिर छरिएर बसेका थिए। म थपिए ५ जना ५ तिर भयौं।
केहीबेरमा उचाइ ठिक्क भएकी गोरी केटी मतिर आई थोरै मुस्कुराउँदै मलाई सोधी- खाली हो बसौं।
‘हुन्छ बस्नु न’ म थोरै पर सरें।
एकछिन मौनता छायो अनि उसैले कुरा झिकी घर कता तपाईंको?
मैले थोरै हाँस्दै भने- काठमाडौं नै अनि तपाईंको ?
उसले भनी चितवन, टाडी।
१० सम्म कहाँ पढ्नुभयो नि? उसले भनी चितवनमै।
सरल तर स्पष्ट बोली, कपाल थोरै घुमुरर्किएको, साधारण कपडा उनी मेरो लागि साथी योग्य छिन् जस्तो लाग्यो। अनि सोधें- काठमाडौंमा कहाँ बस्ने नि?
‘जडीबुटी’
ए, म पनि पेप्सीकोला, नजिकै रहेछ हाम्रो बसाइँ है खुसी लाग्यो मैले पुन: मुस्कुराउँदै भनें।
ऊ पनि खुसी नै देखिई।
हामी अरू पनि व्यक्तिगत कुरा गर्दै थियो कक्षामा सर पस्नुभयो।
हामी चुपचाप कपी पल्टाउन थाल्यौं। १० बजे क्लास सक्किएसँगै कक्षाबाट निस्कियौं। बसाइँ पनि लगभग मिल्ने, हामीसँगै बसमा गयौं।
ऊ बसबाट झर्नुपूर्व हामीले फोन नम्बर पनि साटासाट गर्यौं।
ऊ एकदिनमै मेरो मिल्ने साथी भई। हामी कलेज आउँदा जाँदा मात्रै होइन, एकअर्काको घरमा समेत पालैपालो जान थालिसकेका थियौं। हाम्रो मित्रता छोटो समयमै घनिष्ठ बन्यो।
तपाईंबाट सुरू भएको हाम्रो परिचय तिमी हुँदै तँ मा झरिसकेको थियो। म उसलाई सिमे, सिमु यस्तै नामले बोलाउँथें।
क्लासमा पनि हामी पढ्ने विद्यार्थीमध्येमै पर्थ्यौं तर म भन्दा बढी ऊ मिहिनेती थिई। कलेजमा मात्रै होइन, घरमा पनि उत्तिकै पढ्थी म भने क्लास कहिले पनि नछुटाउने तर परीक्षामा मात्र पढ्ने ऊ पटक-पटक झझक्याउँथी। म हाँसेरै उडाइदिन्थें।
२ वर्षको हाम्रो सहयात्रापछि हामी छुटियौं। ऊ चितवन गई म काठमाडौं नै बसें। तर हाम्रो फोनमा कुरा भने भइरहेकै थियो। ऊ काठमाडौं आउँदा मलाई नभेटी फर्किंदैनथी।
ऊ चितवनमै पढ्न थालेपछि हाम्रो कुरामा भने विस्तारै कमी आइरहेको थियो।
१ हप्ता भइसकेको थियो सीमासँग म्यासेजमा कुरा नभएको एकदिन अचानक उसले ‘ओई’ भनेर म्यासेज गरी।
मैले के छ कता हराइस् भनें।
उसले हा हा रियाक्ट गर्दै मलाई भिडिओ कल गरी सुरूमा मेरो हालखबर सोधी अनि भनी तलाई एउटा कुरा भन्नुथियो, अम् एउटा किन २ वटै भन् हाँसें म। उसले अनकनाउँदै भनी मैले ब्याइफ्रेन्ड भेटे नि।
हा हा ल बधाई छ म हाँसें। ऊ पनि हाँसी।
अनि सोधें- कहाँको केटा नि कस्तो केटो हो जो पायो उहीलाई त नबनाउनु है ब्याइफ्रेन्ड फेरि पछुतो होला नि। केटा मान्छेहरू हाम्रा बाआमाले जस्तो निस्वार्थ प्रेम गर्दैनन्, उनीहरूको प्रेम भन्दा नि आकर्षण हो, विचार नगरी सम्बन्ध अघि नबढा है केटी।
ऊ हाँसी फेसबुकमा चिनेको तर चितवनकै रहेछ पर्साको अहिले अस्ट्रेलिया छ रे सिड्नीमा।
ओहो हो ल बधाई छ अब त बिहे गरेर अस्ट्रेलिया पुगेपछि मलाई आइफोन पठाइदिनु।
उसले हाँसेर भनी नजिस्का धेर म पनि हाँसें।
अरु कुरा पनि सोधें खुसी रहिछे। उसँग सधैं कुरा हुँदोरैछ मैले विवाहको अग्रिम शुभकामना समेत भन्न भ्याएँ।
यस्तै कुरा गर्दै करिब डेढ घण्टा बितेछ। अफिस जान हतार भयो पुन: बधाई भोलि कुरा गर्छु भन्दै फोन राखें।
अनि आफ्नो दैनिक कार्यमा लागें।
ऊ पनि व्यस्त भइहोला सायद।
१ हप्तासम्म हाम्रो खासै कुरा भएन अनि बेलुकी आठ बजेतिर उसले पुन: भिडिओ कल गरी।
सुरूमै हाँस्दै सोधें- के छ तेरो हुनेवालाको खबर? उसले खुसी हुँदै भनी कुरा भइरहेको छ। केही म्यासेजको स्क्रिनसर्ट पठाई।
मैले हा हा मात्रै भनें।
अनि उसले भिडिओ कल गर्दै भनी सुमन १ महिनापछि नेपाल आउँछ रे अनि आएपछि पहिला मलाई भेट्छ रे ४ महिना बस्छ रे बिहे गर्छ रे।
उसले सास नरोकी सबै सुनाई मैले भने ल ल बधाई छ, बधाई छ।
अब सुमन आएसी मसँग त के बोल्न भ्याउलिस् र हैन?
ऊ हाँसी अनि नकरा के के भन्छ पागल यही थियो उसको जवाफ।
त्यसपछि अरुअरु घरायसी कुरा आदि इत्यादि गरेर भोलि कुरा गर्ने भन्दै हामी आफ्नो कामतिर लाग्यौं। त्यसपछि पनि हाम्रो नियमित नै यस्तै कुराहरू भइरहेकै थियो।
तर, पछिल्लो तीन दिनदेखि उसको र मेरो कुरा भएको थिएन। सायद ऊ कतै बिजी होली भन्ने लाग्यो।
आज फोन गर्छु भनेर सोच्दै मोबाइल निकाले, फेसबुक यसो खोलेर हेर्छु सुरूमै एउटा फोटो देखें।
एकछिन आँखा तिरमिराए फेसबुकमा देखेको त्यो फोटोलाई नपत्याउँदै, हेरें तर मैले जत्ति इन्कार गरे पनि स्कुटर दुर्घटनामा पर्ने उक्त केटी सीमा नै रहिछे।
मलाई छटपटी भयो के गरौं, गरौं भयो।
अनि उसको ममीलाई डराउँदै फोन गरे, फोन केटा मान्छेको आवाजमा उठ्यो, सोधें यो सीमाको ममीको नम्बर होइन र?
उताबाट बोल्ने व्यक्तिले हो भन्यो, मैले हजुर को भनें।
उसले म सीमाको मामा हो, सीमा दुर्घटनामा परेको थाहा पाएपछि ममी बेहोस हुनुहुन्छ बोल्न सक्ने अवस्थामा हुनुहुन्न त्यसैले।
अनि मैले एक सासमा सोधें सीमा कहाँ छिन् कस्तो छ उनलाई? थोरै काँपेको स्वरमा उनले भने अहिले हस्पिटलमा छे उसको खुट्टामा ठूलो चोट छ बेहोस अवस्थामा छे। ओहो म के गर्नु के भन्नु न जान सक्नु भन्नेबित्तिकै।
निकै छटपट भयो, अफिसमा पनि काम गर्न सकिनँ। उसँग कलेजमा भेटेदेखिका हालसम्मका सबै कुरा दिमागमा आयो, उसले गरेका कुरा, भेटमा भएका रमाइला गफ सबै याद आयो।
मन भारी बनाएरै घर फर्कें, पुन उसको ममीको नम्बरमा फोन लगाए, मामाले फोन उठाउनुभयो सोधे- अहिले कस्तो छ त उसलाई मामाले अहिले होस आएको छ, थोरै खाना पनि खाइन् अरु त के भन्नु मामाको बोली रोकियो फोन राखें।
खाना खान मन लागेन यत्तिकै सुतें, रातभरि एकदमै पीडा भयो, निन्द्रा आएन। भोलिपल्ट अफिस नि जान सकिनँ, दिउँसोतिर थोरै खाना खाएर ओछ्यानमै पल्टिरहे कसैको फोन म्यासेज नि रिसिभ गरिनँ।
पटक-पटक उसको मामासँग फोन गरेर अवस्थाबारे जानकारी भने लिइरहें।
यही क्रम चल्दै जादाँ १५ दिन बित्यो, अब सीमा थोरै बोल्न कुरा गर्न र अलिअलि उठ्न सक्ने भएकी थिई। मैले पनि फोन गरेर कुरा गरें, ऊ धेरै रोई, म पनि सँगै रोएँ, उसलाई आराम गर्न भनें र फोन राख्दिएँ।
यही क्रम २ महिनासम्म चल्यो, उसको घाउहरू सञ्चो हुँदै गएको थियो तर, उसले दाहिने गोडा सदाका लागि गुमाइसकेकी हुँदा पहिलाकी चञ्चले सीमा बन्ने उसको चाहना सदाको लागि गुमेको थियो।
त्यही कारण ऊ मसँगको हरेक फोनमा डाँको छोडेर रुन्थी अनि भन्थी, अब म बाँच्नुको कुनै औचित्य छैन। घरमा आमाबुवाको लागि पनि बोझ भएको अनुभूति हुन्छ, के गरौं म ? यसरी बाँच्नुभन्दा मरेको भए हुन्थ्यो यस्तै कुरा मात्रै हुन्थे उसका।
तर मसँग पनि सँगसँगै दुखी भइदिने र रुनेबाहेक केही विकल्पै थिएन।
यसरी नै दिनचर्या बित्दै थिए, एकदिन दिउँसो अफिसमा काम गर्दैगर्दा सीमाले मलाई फोन गरी, उसको स्वर रुन्चे थियो, दुर्घटना परेदेखि त रुने आदत नै बनेको थियो उसको।
सोधें- के भयो किन रोएकी, उसले भनी सुमनले मसँग बिहे गर्दैन रे, अब ऊ नेपाल आउँदैछ छिट्टै। मलाई भेट्दैन रे, उसले मलाई भेटेन बिहे गरेन भने मर्छु म।
यत्ति भन्दै सुमनले गरेका सबै कुराको स्क्रिनसर्ट मलाई पठाई।
ऊ दुर्घटनामा परेर अस्पताल भर्ना भएदेखि सुमनले उसलाई कम मात्रै म्यासेज गर्न थालेको थियो।
उसले गरेका म्यासेज र फोनकललाई पनि विस्तारै अस्वीकार गर्दै गएको थियो, यत्तिसम्म कि उसले त्यति ठूलो विमारी परेको थाहा पाएपछि पनि गेट वेल सुन समेत भन्न सकेन।
विस्तारै परिवर्तन भएको उसको रूप देख्दा सीमाले बुझिसकेकी थिई अब उसलाई सीमा विमारी भएको र जीवनभर नै स्वस्थ भएर हिँड्न सक्दिन भन्ने थाहा थियो।
सीमाको रूप हेरेर मन पराएको सुमनलाई विस्तारै सीमाको म्यासेज देख्दा दिक्दार लाग्न थालेको थियो, त्यही भएर उसले सीमालाई नेपाल आउनुभन्दा पनि पहिल्यै फेसबुकदेखि सबै तिरबाट ब्लक गर्दिएको थियो।
तर, सुमनका फोटा र पोस्ट हेर्न उसले नयाँ आइडी समेत बनाएकी थिई। दिनहुँ ऊ त्यही हेरेर बस्थी, कतिपय दिन त उसैलाई हेरेर दिन बिताइदिन्थी।
सुमनको बदलिएको रूपले सीमालाई दुर्घटनाले भन्दा बढी पीडा दिन थालेको थियो। रातदिन उसलाई सम्झेर बस्थी उसले पठाएका पुराना म्यासेजमात्रै पढेर बस्न थालेकी थिई ऊ।
उसलाई कसैको मतलब थिएन, मलाई फोन गर्दै खाली रोइरहन्थी।
मलाई पो गाह्रो भएको थियो के भन्नु, के गर्नु ?
नभन्दै केही समयपछि सुमन नेपाल आएछ।
उसले त्यो थाहा पाएर कता कताबाट सुमनको मोबाइल नम्बर पत्ता लगाएर फोन गरी उसले सिधै भन्यो, को सीमा म कोही चिन्दिनँ गलत नम्बरमा फोन गर्नुभयो, यस्तो जवाफपछि सीमा साँच्चै टुक्रिएकी थिई।
मैले पटक-पटक सम्झाउने कोशिस गरें तर मेरो केही लागेन।
उसलाई अब संसार शून्य लाग्न थालेको थियो, बाँच्ने रहर कम हुँदै आएको थियो। ऊ पटक/पटक निर्दयी सुमनको फोटो हेरिरहन्थी कहिले हाँस्थी, कहिले रुन्थी। म सम्झाउनै नसक्ने भइसकेको थिएँ।
उसको घरपरिवार पनि उसको अवस्था देखेर निकै चिन्तित थिए। विस्तारै उसको अवस्था बिग्रँदै गयो।
एकातिर दुर्घटनाको पीडा अर्कातिर माया गरेको मान्छेले घृणा गरेर टाढिएको अवस्था यी दुवैबाट गुज्रन उसलाई निकै गाह्रो भइरहेको थियो।
नभन्दै एकदिन सीमाले भनेजस्तै गरी सुमनले अर्की केटीसँग बिहे गरेछ, बिहे गरेको भोलिपल्टै सुमनले साथ दिन्छु जुनीजुनी भन्ने क्याप्सन राखेर प्रोफाइल पिक्चर अपडेट गरेको थियो।
‘एउटी नारीलाई साथ दिन्छु भनेर वाचा कसम गरेको दुई महिनामै अर्की नारीसँग पुन: उस्तै वाचा गर्ने सुमनजस्ता केटाहरूकै कारण यो समाजमा धेरेको जीवन बर्बाद भएको छ। यी कलंक हुन् कलंक मानिस होइन’, सीमाको आक्रोश थियो यो।
फेरि केहीबेरमै ‘ठिकै हो, म अब अपांग भइसकें उसले त मलाई सबलांग राम्री देखेर न मनपराएको थियो। अब त म उसले चिन्दाको सीमा रहिनँ, म थाकिसकें म अब अपूर्ण छु। केही छैन मसँग।’
ऊ रूँदै, कपाल भुत्ल्याउन थाली। मैले अंकमाल गरें, सुम्सुम्याउने कोशिस गरें, तर ऊ आक्रोशित थिई, उसँग पीडा मिश्रित क्रोध बढिरहेको थियो। गल्ती मेरै हो, मेरा बाबा-आमा जसले म सक्ने हुँदा भन्दा अहिले नसक्ने हुँदा बढी प्रेम गरिरहनुभएको छ,उसको प्रेम होइन आकर्षण हो।
यत्ति भन्दै गर्दा उसको मुख सुकिसकेको थियो, उसको हात कापिरहेको थियो, अब बाँच्दिनँ म कसका लागि बाँचौं म।
मैले सम्झाएँ- तैट, त्यस्तो नि भन्छन्? सुमन जस्ता कति पाइन्छन्, त्यस्तो धोकेबाज तिम्रो जिन्दगीबाट गयो त्यही राम्रो हो बिर्सिदेऊ, उसलाई भुलिदेऊ, छोडिदेऊ।
तर ऊ मानिरहेकी थिइन, फेरि जतिबेलै उसँगै बसेर सम्झाउने समय पनि त थिएन मलाई।
अफिस र नियमित काम त छँदै थियो तर पनि सकेसम्म उसलाई भेट्थें सकेसम्म सम्झाउने प्रयास गर्थें बेलाबेला सम्झिएको जस्तो गरे पनि ऊ बदलिन सकिन बरु उसलाई सम्झाएर आएको भोलिपल्टै यस्तो फोटो सावर्जनिक भयो- ऊ अब कसैलाई पनि नभेट्ने बाटो लागिछे अर्थात् सुमनको बिहेको २ दिनपछि उसले फ्यानमा झुण्डिएर आत्महत्या गरिछे।
जे नहोस्, सुन्न नपरोस् भनेको अन्तिममा आएर त्यही सुन्न पर्यो। यो घटनाले केही हप्तासम्म पीडामा रहें, उसको ममी र परिवारको हालत सम्झिएँ अनि सुमन जस्तै समाजमा रहेका स्वार्थी र प्रेमका नाममा कलंक लागेका व्यक्तिहरू सम्झिएँ। जो
सौन्दर्यताको पछि लागेर कसैलाई प्रेम गर्छन् अनि उसको अवस्था तलमाथि भयो भने उसलाई चिन्न समेत छाडिदिन्छन्। त्यसलाई प्रेम होइन, शारीरिक आकर्षण भनिन्छ।
प्रेम र आकर्षणबीचको फरक छुट्याउन नसक्दा आज सीमाजस्तै थुप्रै युवायुवतीहरू आत्मदाह गर्नतर्फ प्रेरित भइरहेका छन्।
असल साथी गुमेको पीडाले कताकता मन घोच्न भने छाडेको छैन। प्रेमका लागि जीवनकै बलिदान गर्ने सीमालाई इतिहासले कहिले पनि नभुलोस्, तिम्रो अभाव जीवनभर नै रहिरहनेछ।
हार्दिक श्रद्धाञ्जली सीमा !