नेपाली हौं वीर गोर्खाली
सिकेनौं कहिल्यै झुक्न भनी।
भन्थ्यो पुर्खाले हेप्छ जसले
निस्का उसको काल बनी ॥
धर्म गर्छौं अनि कर्म गर्छौं
दिलको छौं हामी धेरै धनी ।
पुर्खाकै आशिर्वादले पनि होला
विश्वले चिन्छ बहादुर भनी ॥
आऊ वार्तामा आऊ मोदी ज्यू
अहमताको त्यो पर्खाल तोडी ।
नहेप देवभूमिलाई धेरै अब
अहंकारको त्यो बोरा ओडी ॥
नेपाली हौं हामी वीर गोर्खाली
सिकेनौं कहिल्यै झुक्न भनी....
हिँड्छौ गर्दै भाषण तिमी
छ ‘सिना’ ५६ इन्चको भनी।
बेकाम भो त्यो तिम्रो सिना
हजारै इन्चको भए पनि॥
हेर्छौ सधैं तुच्छ नजरले
पेल्छौ सधैं प्रमाण बिना।
थर्काउँछौ अनि सैनिक लगाई
टार्छौ वार्ता जहिल्यै किन?
नेपाली हौं हामी वीर गोर्खाली
सिकेनौं कहिल्यै झुक्न भनी....
नखोज बिगार्न मोदी ज्यू
सदियौं पुराना सम्बन्धहरू ।
नदेखाऊ हामीलाई मोदी ज्यू
अघोरी तिम्रो त्यो घमण्डहरू ॥
निर्वस्त्र आउँछौं त्यसरी जान्छौं
आफूलाई हामी चिन्दैनौं किन?
संसार नै आफ्नो बनाए पनि
आखिर लादैनौं साथमा किन?
नेपाली हौं हामी वीर गोर्खाली
सिकेनौं कहिल्यै झुक्न भनी....
गर्छौ आराधना सधैं तिमी
पशुपति अनि मुक्तिनाथको।
हेप्छौ त्यही देवभूमिलाई
गर्दै अपमान मुक्तिदाता को ॥
आऊ मोदी ज्यू बसौं टेबलमा
सोचहरूको गरौं समीकरण ।
गर्दै अनुमोदन त्यो भ्रमहरूको
सम्बन्ध गरौं अब नवीकरण ॥
नेपाली हौं हामी वीर गोर्खाली
सिकेनौं कहिल्यै झुक्न भनी ।
भन्थ्यो पुर्खाले हेप्छ जसले
निस्का उसको काल बनी ॥