Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

सपनाको अवसान

Royal Enfield
Royal Enfield
त्रिभुवन भट्ट

त्रिभुवन भट्ट

gibl
gibl
gibl
gibl
त्रिभुवन भट्ट।
त्रिभुवन भट्ट।
Tata box 1
Tata box 1

'घर आउँदा मुलाई क्रिकेट ब्याट ल्याइदिया हा बाबा’ आशा लाग्दो स्वरमा नरेले भन्यो।

'ल चेला, तुइ राम्ररी खेले, मिहिनेत गरे' मधुर स्वरमा उत्तर आयो।

'मम्मीलाई घरको पाँखो निक्करी हाले भने हा नरे' उनले थपे।

कृष्ण भुल, हाल कतारमा पसिना बेचिरहेका ४७ वर्षे नेपाली। उनी बैतडीको कलौन भन्ने गाउँको एक सामान्य दलित परिवारका मुली थिए। घरको एक मात्र संरक्षक, जिम्मेवारीको गाठो उनकै शिरमा नथुप्रिने कुरै भएन। कतार आएको एक वर्ष पुग्न लागेको थियो।

योभन्दा अगावै भारतको आसाममा ज्याला मजदुरीकै काम गर्दथे उनी। तर जतीसुकै मेहेनत गरे पनि परिवार पाल्न धौधौ परेकाले खाडी मुलुकतर्फ हानिन पुगेका थिए।

उनको जीवन सामान्य कदापी चलेन। दिनरात, घामपानी कुनै परिस्थितिको ख्याल नराखी, कुनै कुराको मोहमा आकर्षित नभई, आफ्नो परिवारको सपना पूरा गर्न लागिरहे जीवनभर।

धेरै ठूलो परिवार थिएन उनको। केबल ३४ वर्षे श्रीमती बिमला अनि १४ वर्षे एउटा छोरा नरेन्द्र थियो। बिहे भएको वर्षौसम्म सन्तान लाभ हुनसकेको थिएन। समाजको कर अनि व्यवहारका कारण दोश्रो बिहे गर्ने सोच नआएको भने होइन, तर उनको मन मानेन।

दैनिक धामीझाक्रीको ढोका ढकढकाएर पनि केही पार नलागेपछि, धारा टार्नकै लागि भएपनि डाक्टरकहाँ पुगेका थिए। अन्तत: लाखौं प्रयास पश्चात सन्ततिका नाममा नरेन्द्र अर्थात नरे पाएका थिए उनले।

नरे उनको सपना थियो र नरे नै उनको जीजिविषाको आधार थियो। नरेको सानैदेखि क्रिकेट प्रतिको लगाव देखेर, जति दु:ख सहे पनि उसका सपना साकार पार्न तल्लीन रहिरहन्थे। क्रिकेटका बारेमा धेरै ज्ञान नभएपनि पारस खड्का आउने टिभिमा आफ्नो छोरालाई हेर्ने ठूलो चाहना थियो, कृष्ण र बिमलाको। यो उनीहरुको 'इच्छा'अवश्य थियो, तर 'हट'कदापी थिएन।

Ncell
Ncell

छाती एक्कासी चसक्क दुख्न थालेपछि पसिनाले लखतरान भएका कृष्ण, हातको बेल्जा एक किनारमा राखी आफ्नो घुँडा जमिनमा टेकाउन बाध्य भए। वर्षौदेखि उच्च रक्तचाप र त्यसमाथि मधुमेहका बिरामी उनी हृदयघातका शिकार बन्दै आएका थिए। तर यसपाली उनी ज्यादै सिकिस्त देखिन्थे।

कृष्णसँगै काम गरिरहेका धेरैले उनको बेवास्ता गरे तर १-२ जना नेपाली कामदारले उनलाई देख्नासाथ आफ्नै काधँमा बोकी नजिकैको अस्पतालमा लगेर भर्ना गरे, इमर्जेन्सी वार्डमा। आखिर त्यो अन्जान, स्वार्थी सहरमा पनि नेपाल र नेपाली उनका लागि देवता नै बने।

'मुई नबाचे पनि नरेको लागि एउटा राम्रो ब्याट पठाइदिया है तिमीहरु'केही क्षणको इलाज पछि खाटमा बोल्न सक्षम भएका कृष्णले आफ्ना आँखाबाट आँसुका बलिन्द्र धारा बगाउँदै भने।

'हुन्छ दाइ, तमि क्या न चिन्ता लिँदा हौ। उ पनि त हाम्रै छोरो जसो त हो' बाजुरा घर भएका दिलबहादुर खड्काले सहारा दिँदै उत्तर फर्काए।

'दाइ अब हजुर केहीबेर आराम गर्नुस्, हामी साउजीसँग कुरा मिलाएर आउँछौँ'पाल्पाली शंकर अधिकारीले उठ्दै भने।

कृष्णले सुत्ने प्रयत्न गर्दै सिरानी अल्लि तल सारे र त्यसमाथि आफ्नो शिर बिसाए। केही क्षण आराम गर्न निभेका उनका आँखा फेरि कहिल्यै ब्युझिँएनन्। सायद त्यो निद्रा उनलाई असाध्यै मिठो र प्रिय भएछ र त्यै भएर होला कृष्ण त्यसैमा सदाका लागि विलीन भए।

आफ्नो परिवारबाट धेरै टाढा, देश छोडी खाडी जाने उनको रहर अवश्य थिएन। यो त केबल एक आम नेपाली गरिबको बाध्यता थियो। उनलाई आफ्नो बिमार लुकाई चर्को घाममा पसिना बगाउँने चाहाना कदापी थिएन। थियो त केबल आफ्नी बुढी र छोराका सपना सार्थक तुल्याई, उनीहरुको मुहारमा टलक्क टल्किने मुस्कान छाउने लोभ। आखिर रुखको हाँगा जतिनै सुकेपनि आफ्नो पातको त्याग गर्न कहिल्यै छाहन्न तर विवश हुन्छ प्रकृतिको खेल प्रती।

असोजको महिना थियो। दशैँको मौसम, जताततै रमझम चलिरहेको थियो। कोही घर लिप्नमा व्यस्त थिए भने कोही भकारीबाट धान निकाल्दै चामल र त्यसको पिठो बनाउनमा लागिरहेका थिए।

'एक लियो दोसरी लियो, तेसरी रिसाउने न्याउल्या,

चौथी बराइल है लियो, बल्लु नपाल्दिन्या न्याउल्या।'

खेत जोत्दै गोरुलाई ठकठक्याउँदै स्थानीय भाकाको गीत गाइरहेका थिए दानी भुल।

'दशैमा बुढीलाई क्या किन्दिन्या हौ पुई दानी दाइ'ठट्यौली पारामा बिमलाले भनिन्।

'कि किन्दिन्या बा, बाली निक्करी फलेन ये पालि। कृष्ण आउन्या हैन ब?'दानी भुलले बिमला तर्फ हेर्दै सोधेँ।

'अँ आउन्या हुँ बिदा मिलिरैछ भन्नाथ्या तर अस्थी फोनको पोल ढल्या बठे केही कुरा हुन सक्या छैन दाइ'बिमलाले उत्तर फर्काइन्।

यो पालि दशैँमा कृष्ण घर आउछन् भन्ने आशमा बिमला र नरे जमरा र टिकाको सपना बुनीरहेका थिए। नयाँ ब्याट पाउने लोभ पनि जागेकै थियो नरेको मनमा। तर धेरै दिनसम्म पनि कृष्णसँग फोन सम्पर्क हुन नसकेका कारण दुवैको मन अशान्त थियो।

'बाबु, पारे त्यता हेर त, को आउन्नाछन्?'२/३ जनाको पछाडि गाउँका बुढा, बच्चा, महिलाको हुल आफ्नो घर तिर आएको देखाउँदै बिमलाले भनिन्।

हुल नजिकिदै गयो। केही मान्छेले ठूलो बाकस अनि कसैले सुटकेस बोकेको प्रष्ट देखिन्थ्यो। त्यो जमात उनीहरुको घरको आँगनमा पुग्यो। उनीहरुले बाकस र सुट्केस भुइँमा बिसाए। नरेका बाबा त आएनन् भन्दै बिमला वरपर आँखा डुलाइरहेकी थिइन्, तर कृष्णलाई कतै देखिनन्।

यता-उता नजर पुर्याउनु भने छाडिनन्। अन्त: नरेका बालाई देखेरै छाडिन्। ठूलो फोटो टासिँएको थियो त्यो ठूलो बाकसमा। त्यसको अल्लि मुनतिर लेखिएको थियो, स्व. कृष्ण भुल, कलौन, बैतडी, नेपाल।

सबै गाउँले सान्त्वना दिन केहीबेर त्यही बसिरहे। बिमला आफ्ना हातका चुरी फुटाउदै जोर-जोरले भक्कानिन थालिन्। नरे केही बोल्न, सुन्न सकिरहेको थिएन। उ केबल एकोहोरिएर हेरिरहेको थियो आफ्ना बालाई। लाग्थ्यो सूर्यको किरणभन्दा तेज उसका आँखाका भावहरू थिए। समुंद्र किनारका छालभन्दा तरंगीत उसका मनका चोटहरु थिए।

दिन बित्दै गए, तर बिमला र नरेका मनबाट कृष्ण कहिल्यै बिलाएनन्। आफ्नो मुटुमा जतिनै पीडा भएपनि बिमलाले नरेका सामु कहिल्यै एक थोपा आँसु पनि झारिनन्। कृष्णको सपना थियो नरेलाई हाँसेको, रमाएको हेर्ने। त्यै भएर पनि होला आफ्ना छोराको मुहारमा कहिल्यै उदाशीपन छाउँन दिइनन् उनले।

कृष्णको बाकससँगै नरेका लागि ब्याट पनि आएको थियो। तर त्यस ब्याट प्रति उसको कुनै लगाव देखिन्नथ्यो। आफ्ना बाबालाई आफू खेलेको देखाउने उसको ठूलो रहर थियो। तर अब उसका लागि त्यो रहर, इच्छा ,चाहानाको कुनै मूल्य थिएन।

नरेलाई यस्तो अवस्थामा देख्दा बिमलाको मन सधैं पिरोलिरहन्थ्यो। नरे उमेरले बच्चै भएपनि आफ्ना बाप्रतिको उसको माया प्रगाढ थियो। केही दिनसँगै एउटै गोठमा बाधिँएका गाई र भैंसीबीच त मायाको छुट्टै बन्धन हुन्छ भने उ त झन् चेतनशील प्राणी थियो।

उनीहरुको आर्थिक अवस्था झन्झन् कमजोर हुँदै गइरहेको थियो। परिवारको कमाईको कुनै स्रोत थिएन। सबै भार बिमलाले आफ्नै काँधमा बोकेकी थिइन्। उनले आफ्नो पेट पोले पनि आफ्नो सन्तानलाई कहिल्यै थुक निल्न दिइनन्। आफू मरेपनि आफ्नो ममता र नरेको मुहारको मुस्कानलाई सदैव अमर बनाउने दृढ़ अठोट लिएकी थिइन् उनले।

नरे भुलेउडा नजिकै चौरमा दिनदिनै खेल्न जान्थ्यो। त्यहाँ पनि उसलाई आफू दलित भएको आभास गराउने कयौं भेटिन्थे। तर कुनै चोट, घाउँको मतलब नगरी आफ्नो लक्ष्यमा सदैव एकाग्रताका साथ कर्म गरिरहन्थ्यो।

'उ आयो भुलको छोरो'पिपल बोटनिर बसिरहेको हरिले जिस्काउँदै भन्यो।

'यस्का त बाउ नि आथिन रे। बिचरा टुहुरो'रमेशले हाँस्दै थप्यो।

नरे केही बोल्न सकेन। घर पुगि आफ्नो खाटमा पल्टेर एक्लै रोइरह्यो। यो घटना नौलो भने थिएन। वर्षौँदेखि यसैगरी अनेकै चोट खेपिरहेको थियो। भनिन्छ वृक्षमा बिजुली एक चोटि लागोस अथवा १००, केही भेद हुँदैन। त्यसैगरी नरेको मन पनि भरिपूर्ण भैसकेको थियो, सामाजिक तिरस्कारले।

क्रिकेट नरेको जीवनको एक महत्त्वपूर्ण पाटो थियो र यस प्रति बिमला अवगत थिइन्। त्यसैले नरेका बाको अन्त्यष्टि पछि पनि उसलाई खेलबाट टाढा राखिनन्। नरेले पनि खेल प्रतिको मोहलाई त्याग्न सकेन। कुनै योद्धा निशस्त्र भए जस्तै थियो उसको जीवन एसएसको त्यो ब्याट बिना।

नरे हरेक दिन कुद्न, व्यायाम गर्न बिहानै घरबाट हिड्थ्यो। आफ्ना २/४ जना साथीसँग मिलेर सधैं आफ्नो खेल सुधार गर्न तर्फ तल्लीन रहिरहन्थ्यो। आखिर आफ्ना बालाई देखाउन नसके पनि, आफ्नी आमाको मिहेनत, पसिना खेर जान दिन चहान्नथ्यो उ।

दिन रात बित्दै गए तर बिमलाको जीवन सामाजिक होस् अथवा आर्थिक रुपले बलियो हुन कहिल्यै सकेन। उनीहरु विकट गाउँका भुल थिए। दलित परिवार र त्यसमा पनि तल्लो दर्जाका। उनीहरुलाई हेपिन बाहुन, क्षेत्री अथवा अन्य जातको आवश्यकता थिएन, आफ्नै दलित समाजको जातिय र पुरातन सोच काफी थियो। एउटा नारी बिधुवा हुनुको कष्ट र पीडा बिमलाभन्दा राम्ररी अरु कस्ले बुझ्न सक्ला र?

पहिला सन्तान नभएको कारण समाजिक तिरस्कार भोगेकी बिमलाले अहिले कृष्णको मृत्युको बोझ धारण गर्नु परेको थियो। आखिर सन्तान नहुनुको पीडा र मानसिक यातना त केबल आमा र आमा हुन चाह राख्नेले मात्रै बुझ्नसक्दा रहेछन्।

'मम्मी ठूला-ठूला खेलाडी त नेटमा प्र्याक्टिस गर्दा रैछ्न्। आज मैले श्यामका मोबाइलमा देख्या हुँ'राति सुत्ने बेला आफ्नी आमाका काखमा शिर बिसाइ सुत्न प्रयत्न गरिरहेको नरेले भन्यो।

बिमला केही बोलिनन्।

'सिझा बा सिझा निनी निनी...,

सुत्या बरे चरी मार्दिउलो, ब्युझ्या बरे मुसि

सिझा बा सिझा ...'नरेको टाउकोमा तेल लगाउँदै उसलाई सुताउन बिमलाले लोरी गाइरहिन्।

नरे १५ वर्ष पुगिसकेको थियो तर पनि उसको आफ्नी आमासँग लोरी सुनेर सुत्ने बानी अझै छुटेको थिएन। भनिन्छ, ममता र आफ्नी आमा प्रतिको मायाको कुनै उमेर अनि तह हुदैँन। त्यसैले होला उ आफ्नो बालापन झैँ रमाइरहन्थ्यो आफ्नी आमासँग सदैव।

नरे बिहान झिसमिसेमै उठेर सधैंझै आफ्नो काँधमा एसएसको ब्याट बोकि चौर तिर लम्कियो।

'आइस् नरे भाइ!'उसलाई क्रिकेट सिकाउने दिनेश कामीले भने।

'दाइ अब सेलेक्सन कहिले छ हाम्रो? वर्षौ भैसक्यो हाम्रो गाउँमा कोही नआया'नरेले निराश हुँदै प्रश्न गर्यो।

'पर्सीबाट हुन्नाछ भाइ, यु-१६ का लागि, भन्न बिर्सेछु। तर तलाई धनगढी जान पर्ने हो' दिनेशले उत्तर दियो।

नरे केही नबोली दाइलाई क्रिकेटका प्याड अनि हेल्मेट माग्दै लगाउन थाल्यो। ब्याट उसँग आफ्नै थियो। करिब ३-४ घण्टाको लगातारको परिश्रम पछि उ घर तिर लाग्यो। घर पुग्ने बितिक्कै घर छेउको खेतमा ५-६ वटा खम्बा राखि धोतीले बेरेको क्रिकेट नेट देख्यो।

बिमला बिहानबाट त्यसमै लागिरहेकी रहिछन्। आफ्ना छोराको जीवनमा केही कुराको कमि हुन दिन चहान्नथिन् उनी।

'आब बठे यहाँ निक्करी ठूला ठूला खेलाडी जसे खेले' बिमलाले मधुर मुस्कानका साथ भनिन्।

नरे केही बोलेन। उसका आँखा रसाएसँगै आफूमाथि झन् ठूलो जिम्मेवारीको गाठो थपिएको बोध गर्यो।

'मम्मी पोर्की बठे सेलेक्सन हुदैँछ, म धनगढी जानु पढ्ने हो' नरेले आफ्नी मम्मी नजिकै गएर भन्यो।

'एक्लै कस्या झने है तेति टाढा?' बिमलाले निराश हुँदै भनिन्।

'दिनेश दाइ लै जानेहुन मसँग' नरेले फर्कायो।

बिमला केही नबोली टाउकोमा डोकोको डोरी बाँधी, हसियाँ समाइ घाँस काट्न भनी वन तिर लागिन्। नरे पनि सेलेक्सनका बारेमा सोच्दै त्यही नेट निर बसिराख्यो।

राति सुत्ने बेलामा बिमलाले नरेका कपडा झोलामा हाल्दै, रुमालमा २५०० रुपैयाँको गाँठो बनाई झोलाको खल्तीमा हालिदिइन्। नरेको भविष्यका लागि भन्दै केही रुपँया पुरानो बाकसमा जम्मा गर्दै आएकी थिइन् उनी।

'ल भोलि निक्करी गए। निक्करी खेले' बिमलाले नरेलाई हेर्दै भनिन्।

'ल मम्मी। सेलेक्ट भया पाछि, तमरी लेखा निक्की धोती किन्ला है' बिमलाको काखमा शिर राख्दै नरेले भन्यो।

नरे बस चड्न बिहानै घरबाट हिड्यो। आजभोलि कलौनमै रोड बनेकाले बस चड्न गुरुखोला घण्टौ हिड्न पर्दैनथ्यो। कलौनबाट ओरालो झर्दै पाटन हुँदै तराई धनगढी तिर लाग्यो, ठूलो बस भविष्यको सपना बोकेर।

बिमला जुठा भाँडा माझिरहेकी थिइन्। उनको पेट बिहानैबाट दुखिरहेको कारण बीच-बीचमा भित्तामा आफ्नो ढाड बिसाइरहेकी थिइन्। धेरै नै असह्य पीडा भएपछि पल्ला घरे माइलीलाई बोलाएर अस्पतालका लागि हिडिन्। बाटोमा पनि कयौं ठाउँमा बसि-बसि बल्लतल्ल ३-४ घण्टाको यात्रापछि पुगिन् बैतडी अस्पताल, गोठलापानी।

अस्पतालमा अहिले भर्खरै नियुक्त भएका डाक्टर आएका थिए काठमान्डौँबाट। डाक्टर जवानले, भर्खरै धरानबाट एमबिबिएस पूरा गरेका थिए। गाउँ अनि गाउँले जीवनका बारेमा धेरै ज्ञान नभएपनि आफ्नो धर्म राम्रैसँग निभाइरहन्थे।

'के भयो आन्टी हजुरलाई? किन हात पेटमा राखिराख्नु भएको?' डाक्टरले कौतुहल्ताका साथ सोधे।

'मेरा बिहान बठे पेट सार्हो भएर दुखिरहेछ' टुटेफुटेको नेपाली बोल्दै बिमलाले उत्तर दिइन्।

'खै देखाउनुस त !'

सुरुमा देखाउन लाज मानिरहेकी बिमला डाक्टरको सल्लाहपूर्ण अनुरोध पश्चात जचाँउन तयार भइन्। डाक्टरले उनको पेट जाँचे, उनको दुखाइ झन् असह्य भयो, केही ओषधि दिए र इमर्जेन्सी वार्डमा भर्ना गरेर राखे। तर उनको पेटको दुखाइ अझै कम नभएपछि डाक्टरले तत्काल भिडियो एक्सरे गरे।

उनको आन्द्रा फुटेर पेटभरि फैलिएको रहेछ। डाक्टरले उनलाई तुरुन्त अपरेसन गर्नुपर्ने जानकारी गराए। तर अपरेसन गर्ने सुविधा थिएन त्यस अस्पतालमा। कम्तिमा धनगढीसम्म पुग्नुपर्थ्यो। त्यसका निम्ति, करिब ८-९ घण्टाको यात्रा गरेर।

धनगढी गएर अपरेशन गर्ने क्षमता थिएन बिमलाको। बाकसमा केही रुपयाँ त थन्काएकी थिइन् तर इलाजका लागि अपुग थियो। आफ्नो छोराको काँधमा ऋणको बोझ थुपार्न उनको इच्छा थिएन। आफ्नो देहको बलि दिए पनि ममताको बलि दिन चहान्नथिन् उनी। त्यसैले डाक्टरको लाखौं प्रयास पश्चात पनि त्यही खाटमा थला परिरहन जायज ठानिन् बिमलाले।

बिमला दुई रात त्यसै अस्पतालमा कष्ट सहेर बसिन्। नरेलाई खबर नगर्न भन्दै सबैलाई बिन्ती गरिन्। त्यसैले उसले आफ्नी आमा बिरामी भएको कुनै खबर पाउन सकेन।

नरेले आफ्नो सेलेक्सनमा निकै राम्रो प्रदर्शन गरेको थियो। ठूला-ठूला कोचहरुले उ नजिकै आएर 'बधाई छ, सी यू इन नेपाल जर्सी' भने।

नरेले अंग्रेजी नबुझेका कारण केबल आफ्नो शिर हल्लायो। पछि दिनेश दाइलाई अर्थ सोधेपछि खुशी हुँदै आकाश अनि बादल तिर हेरिरह्यो, सायद आफ्ना बालाई खोजिरहेको थियो। नेपालको जर्सी लगाई सबैका सामु खेल्ने उसको धोको पूरा हुन लागेको थियो। त्यसभन्दा पनि, आफ्नी आमाको हँसिलो मुहार हेर्न पाउँछु भन्ने आशा अनि चाहाना थियो नरेको। त्यो सपना पूरा हुन गइरहेको थियो।

आफ्नी आमाका लागि धोती किन्न उ दिनेश दाइसँगै धनगढी बजार गयो। अलिकति पैसा दाइलाई सापटी मागेर बिमलाका लागि पहेँलो सारी किन्यो।

'आब त मेरी मम्मीले वर्षौँ पाछा नयाँ धोती लाउन्या हुन्' नरेले खुशी हुँदै दिनेशलाई भन्यो।

टुकटुके चड्दै दुवै बसपार्क तिर जान तयार भए।

'च्याम्पियन् च्याम्पियन्...'

दिनेशको मोबाईलमा घन्टी बज्यो। माइलीले नरे खोज्दै फोन गरेकी रहिछन्।

'हेल्लो नरे हो?'

हजुर, माइली आन्टी हौ?

उताबाट एकोहोरो रुवाइमात्र सुनियो।

नरेले केही बुझिरहेको थिएन। माइली आन्टीको रूवाइको आवाज निरन्तर आइरहेको थियो। नरेले बोलाउने प्रयास गर्यो। आन्टी, के भयो, किन रुन्लाछौ? कि पड्यो तसो?

तेरी मम्मी हिटिगै हमलाई छाड्बरे। बेलीबठे पेट दुख्यो भन्थिन् , असह्य भया पाछा अस्पताल लैगयाहौ। त्यकाँ डाक्टरले निक्करी हेर्या, बिमलाका आन्द्रा फुटी पेटभरि सुजन भया छ, अपरेसन गद्दु पड्यो तत्काल भने, अनि धनगढी जान भन्याथे। तर उनले याइँ प्राण छाडिहालिन्।

नरे स्तब्ध भयो, उसलाई विश्वास भैरहेको थिएन माइली आन्टीका शब्दमा।

'आन्टी, कि भन्नाछौ यसो, साँच्चि हो त? कस्या भयो यसो। हुनै सक्दैन'

'हो नरे, मुइ साच्चि भन्नाछु। बेली छाडिग‌ैन् बिमला।'

(लेखक पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन्।)

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  ११:५१
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP