Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत ९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

अपराजिता

Royal Enfield
Royal Enfield
रमेश तिमिल्सिना

रमेश तिमिल्सिना

gibl
gibl
gibl
gibl
रमेश तिमिल्सिना।
रमेश तिमिल्सिना।
Tata box 1
Tata box 1

बबरमहल अफिसको चौथोँ तलाबाट सिंहदरबारको दक्षिणी भागतर्फ हेर्दे टोलाइरहेको थिएँ। फोनको घन्टी बज्यो, तेस्रो घन्टीपछि पकेटबाट फोन झिकेर हेरेँ। सेभ नभएको नम्बर रहेछ।

एकदमै नजिकका यारीदोस्तीहरुको नम्बर सेभ नगर्ने मेरो पुरानै बानी हो। कतै कुनै चिनेजानेकै साथी हो कि मैले सम्झने प्रयास गरेँ, अहँ! सम्झन सकिन।

हेलो भनेर फोन उठाए। उताबाट आवाज आएन । फेरि हेलो भनेँ, अहँ फेरि पनि आवाज आएन। तेस्रो पटकमा मलिन स्वरमा आवाज आयो, 'क्षितिज चिन्यौ?'

मैले आवाज ठम्याउने प्रयास गरेँ। एकछिन गमेर स्वर चिन्ने कोशिस गरेँ। त्यसपछि मलाई आफ्नो पुरानै अन्दाजमा भन्न मन लागेको थियो। कसरी बिर्सनु सक्छु यो आवाजलाई तर भनिनँ। यत्ति भने 'चिने नि अपराजिता।'

हो, त्यो आवाज अपराजिताको थियो। जो केही वर्ष पहिलेसम्म हरेक निष्पट्ट रातका प्रहरमा मेरो मोबाइल फोनमा गुन्जिरह्यो। दिनहरुमा चाहिँ क्याफेहरु तिर।

'कहा छौँ, अफिस?' उसले सोधी।

मैले होमा जवाफ फर्काए।

'बिजी छौँ?' फेरि अर्को प्रश्न गरी।

अरु भए अहिले काम नै छ भन्थे कि तर उसलाई त्यसो भन्ने आँट आएन।

Ncell
Ncell

'अहँ छैन, भन न' भनेँ।

उसले सुस्तरी भनि, 'के हामी भेट्न सक्छौँ?'

फुर्सद मिलाएर भेटम्ला नि भन्नै खोजेको थिए, तर वर्षौपछि सम्झेर कल गरेकी उसलाई त्यसो भन्न मेरो कोमल हृदयले मानेन।

बरु उत्तर सहित प्रतिप्रश्न गरेँ, 'किन नसक्नु बरु भन न कहाँ भेट्ने?'

'बबरमहल जिल्ला अदालत अगाडि छु।'

म एकछिनमा आएँ भन्दै अफिसबाट तल झरेँ।

राणाकालीन भवन रहेको अफिसको चौथो तलाबाट झरेर जिल्ला अदालतको त्यति छोटो दूरी पुग्न पनि मलाई कोसौँ टाढाको दूरी तय गर्नुपर्ने जस्तै लाग्यो। अफिसबाट उ भएतिर लम्किरहेका प्रत्येक पाइलाहरु गह्रौं लाग्न थाले। अचानक ६ वर्ष पहिलेको त्यो दिन याद आयो।

थापाथलीको इन्जिनियरिङ कोचिङ सेन्टरमा हाम्रो इन्जिनियरिङको तयारी कक्षा चलेको दुई हप्ता जति भएको थियो। विद्यार्थीहरु थपिने क्रम जारी नै थियो। थपिने लहरमा एक दिन उसको पालो आयो। उ पनि हाम्रै ग्रुपमा थपिन आई। इन्जिनियरिङको तयारी गर्ने ध्याउन्नमा रहेको मलाई को आयो र गयोसँग खासै सरोकार भएन।

अधिकांश विद्यार्थीहरुका आँखा सरले पढाउने सेतोपाटी कि मोटो इ-पिसिएम किताब तिरै थियो। प्रायः ग्रुपमा भर्ना हुन भएर पढ्न आउने विद्यार्थीको लहरमा उ एक्लै थिई।

टिसर्ट र जिन्समा पछाडि ब्याग बोकेर आएकी उ अलि मोटी थिई। कक्षाको खाली ठाउँ खोज्दा खोज्दै मेरै छेउमा टुक्रुक्क परेर बसि। दोश्रो पिरियडको आधा समयपछि उसले मसिनो स्वरमा सोधी,

'तिम्रो नाम के हो?'

उसको प्रश्नभन्दा थर्मोडाइनामिक्स बढी महत्वपूर्ण भएकाले मैले नोट कपिको माथिल्लो भागमा लेखे 'क्षितिज' अनि उ तिर पन्छाए।

उसले एकचोटी गमेर हेरी र पुनः थर्मोडाइनामिक्सकै पढाइ तिर ध्यान दिन थाली।

त्यसपछिका दिनहरुमा अघोषित रुपमा उसको र मेरो बस्ने ठाउँ एउटै हुन थाल्यो। त्यसको एउटै कारण थियो, उ र म त्यो ग्रुपमा बिना साथी एक्लाएक्लै तयारी गर्ने मध्येका थियौं। दाश्रो दिन उसले आफ्नो नोट कपिमा लेखी,

'घर कहाँ नि?'

मैले उसै गरी जवाफ फर्काएँ, 'सुर्खेत'

अनि सोधेँ, 'थाहा छ?'

उसले जवाफ फर्काइ, 'एसएलसी दिँदा गाको नि।'

मैले फेरि लेखेँ, 'आफ्नो नाम के नि?'

'अपराजिता, घर चाहिँ नेपालगंज,' उसले ठेगाना पनि थपेर दिई।

म फेरि लेविस थ्योरीको पढाइतर्फ ध्यान दिन थालेँ। छुट्टी पश्चात कोचिङ सेन्टरको हुलमुलमा मिसिएर आ-आफ्नो डेरातर्फ लागेका हाम्रो भेट पुनः माइतिघर निर भयो।

यसपाली मैले नै सोधेँ 'बसाइ कता छ नि?'

'बालाजु अनि तिम्रो?'

'रानिबन' मैले फ्याट्टै जवाफ फर्काएँ।

'एउटै तिर रैछ नि' मैले थपेँ।

खोइ, म त काठमाण्डौँमा नयाँ हो। यताको सबै ठाम उस्तै लाग्छ। त्यसपछि पिइएका कक्षाकोठा क्यान्टिन र भृकुटीमण्डप बसबिसौनीसम्म, इन्जिनियरिङका विषयवस्तु, प्लस टु को नतिजा, जीन्दगी, भविष्य, यी सबै विषयले हामीबीच स्थान पाउन थाले।

नोट सेयरिङसँगै एक दिन मोबाइल नम्बर सेयर भयो। अब हामीबीचको संवाद गर्ने थलो पिइए भवन मात्रै रहेन। फलानो टपिकको फलानो न्यूमेरिकल भन्देउ न भन्ने बहानाबाट सुरु हुने फोन संवाद, खाना भयो? के छ, के हुँदै छ? भन्दै व्यक्तिगत जीवनसम्म पुग्न थाल्यो।

उसले मलाई जिस्काउने नाम राखेकी थिई ‘लुरे’ अनि मैले चाहिँ ‘मोटु’। अनि हामी मोटुपत्लुको जोडी भन्दै आफै हास्थ्यौं। बेस्मारी।

राति निष्पट्ट अध्यारो तिर हेरेर उ भन्थी, 'माथि आकाशमा रहेका ताराहरु बिलाए जस्तै हाम्रो सम्बन्ध नि यसैगरी थाहै नपाई हराएर त नजाला नि?'

पिइएका क्लास, भृकुटिमण्डप र फोन संवादले मात्र नपुग्ने भयो। बिदाका दिनहरुमा स्वयंभुका सिंढी उक्लिदै दिन बित्न थाले। स्वयंभुबाट उपत्यकाको चारै तिर नजर लगाउँदै उ आफ्नो भविष्यको बारेमा एकछिन गम खान्थी र भन्थी,

'बाबा आमाको सपना पूरा गर्नु छ, त्यो हो इन्जिनियर बन्ने।'

मलाई पनि भन्न मन लाग्थ्यो, मेरो पनि एउटा सपना छ तिमीलाई आफ्नो बनाउने। तर तलपट्टि गुडिरहेका गाडी तिर हेरेर भन्थे त्यसो भने अब जाम धेरै इन्जिनियर बन्न धेरै पढ्न पर्छ। पिइएका कक्षाकोठाहरुमा हामी अपरिचित झै बन्थिम् मानौँ पहिलो पटक हाम्रा नजर ठोक्किएका हुन् उ मेरो लागि कुनै अजनबी हो र म उसको लागि।

मैले कक्षाकोठाहरुमा कहिल्यै उसँग सिधा नजर जुधाउन सकिनँ। इन्जिनियरिङको प्रवेश परीक्षा नहुँदासम्म दिनहरु यसैगरी चलिरहे।

मैले प्रवेश परीक्षाको औपचारिकता पूरा गरेर त्रिचन्द्रमा बिएससीमा भर्ना भए। उ इन्जिनियरिङ नै पढ्न थाली। अब उसको इन्जिनियरिङको पढाई र असाइनमेन्टले उसलाई बेफुर्सदी बनायो। फोनमा कुरा हुन बिदाको दिन र शनिबार कुर्नुपर्ने भयो। भेट हुन महिना दिन लाग्न थाल्यो, तर पनि बेलाबेला उ भन्थी- 'मैले इन्जिनियरिङ सक्छु, तिमी बिएससी सक अनि त...।'

त्यसपछि उ एकछिन रोकिन्थी। सायद यसमा मेरो कुरा थप गर्न चाहेकी हुँदी हो।

'कतै तिम्रो र मेरो सम्बन्ध मेरो नाम जस्तै हुने पो हो कि?' म भावुक हुँदै बोल्थेँ।

'मेरो नाम के हो नि चिन्ता नलेउ' यसो भन्दै उ मलाई अलिकति ढाडस दिन्थी।

म फोनमा उम, उम मात्र गर्थे। म उसलाई प्रेम गर्छु भन्ने कुरा औपचारिकरुपमा प्रस्ताव नै राखेर भन्छु भन्ने कहिले पनि ठानिन। सायद उसले बुझेकी होलि नि, मलाई त्यस्तै लाग्थ्यो। खैर, उसले के सोचेकी थिई उसैले जानोस्।

उसले इन्जिनियरिङ सकी, मैले बिएससी। म लोकसेवाको तयारीमा जुटेँ, उ कुनै प्राइभेट फर्ममा काम गर्न थाली। हाम्रो भेटघाट पुनः बाक्लिन थाल्यो। अफिसबाट काम सकेर पुतलीसडकको लोकसेवा तयारी कक्षा अगाडि स्कुटी लिएर मलाई बेलाबखत पर्खिरहन्थीँ।

बिदाको दिन स्कुटी पछाडि बसेर काठमान्डौँका डाँडाकाडा चहार्थ्यौँ। लोकसेवामा सोधिने समसामयिक प्रश्नको तयारी देखेर उ नाक खुम्चाउथी र भन्थी, 'यो जानेर के गर्छौ?'

एकदिन उसले फ्याट्ट भनिहाली 'तिम्रो लोकसेवामा नाम निस्किनु पर्ने' अनि त उसले यति भनेर चोभारको अग्लो डाँडोबाट पुनः उपत्यका तिर हेरी। मैले कुरा बुझेँ, केही जवाफ फर्काइनँ।

फेरि अर्कोदिन उसले फेसबुकको इन्बक्समा लेखी 'तिमी कम्तिमा कतै सेटल भएको भए बाबाआमालाई कन्भिन्स गर्न सकिन्थ्यो।'

'के हाम्रो प्रेमको अन्तिम बिन्दु मेरो जागिर हो र?' मनमनै सोचेँ तर भनिनँ। यद्यपि हाम्रो भेटघाट र व्यवहारमा कुनै फरक परेन। दिनहरु बितिरहे, स्थानीय तहको चुनावले गर्दा होला लोकसेवाले आफ्नो तालिका बमोजिम नतिजा प्रकाशन गर्न सकिरहेको थिएन। म नतिजा आउने दिन पर्खिरहेको थिए।

दशै आउन थाल्यो, उ आफ्नो घर नेपालगंज गई। म काठमान्डौँमै नतिजाको पर्खाइमै बसिरहेँ। उसले पुनः इन्बक्समा लेखी, 'घरमा इंगेजमेण्टको कुरा चल्दैछ।' 'अनि म के गरु त?' झोँक चलेर रिप्लाई गरिदिएँ। उसले दुखी भएको इमोजी पठाइ। मैले केही बोलिनँ, रिजल्ट त पर्खन भन्न पनि मन लागेन।

त्यसपछि फोन अफ गरेर बसेँ। लोकसेवाको लिखित नतिजा आयो, पास भए तर अन्तर्वार्ता बाँकी नै थियो। मैले उसलाई खबर गरिनँ। एकैचोटि नाम निस्केसी खबर गर्छु, सरप्राइज दिने सोचेँ। फोन र सामाजिक संजालबाट टाढा भएर अन्तर्वार्ताको तयारमा तल्लीन भए।

मैले अपराजितालाई सम्पर्क गर्नु पनि जरुरी ठानिनँ। बेलाबेला पुतलीसडकका कफि हाउसमा एक्लै कफि पिएर टोलाउँथेँ। साँझपख पशुपतितिर टहलिन्थे। अपराजिताका बा-आमालाई मनाउने कथित अस्त्र प्राप्तिको नजिक पुग्दै छु, त्यस्तै सोच्थेँ।

मंसिरको दोश्रो हप्ता मध्याह्न्न १२ बज्नै लाग्दा लोकसेवाले नतिजा निकाल्यो, पास भए। खुशीले मन फुरुंग भयो। उसलाई कल गरे। फोन उठेन, कतै व्यस्त छे होली उठाउली नि। फेरि दोहोर्‍याएर गरे। अहँ, उठेन। सोचेँ कतै व्यस्त छे होली। कल ब्याक आउला नि।

साँझ अबेर भैसक्दा नि कल ब्याक भएन। जुन खुशी सुनाउन म व्यग्र प्रतिक्षारत थिएँ, त्यही खुशी आएको घण्टौ भइसक्दा नि सुनाउन पाएको छैन। मन खिन्न भयो। राति अबेरसम्म कल ब्याक नभएसी पुनः कल गरेँ। यसपटक फोन तेस्रो घन्टीमै उठ्यो।

'हेलो, मोटु।'

मैले उसँग हुने पुरानै संवादको शैलीमा बोलेँ।

उताबाट आवाज आयो,

'को बोल्नुभाको।'

मैले भनेँ, 'अपराजिताको साथी हो, कता छिन्?'

उताबाट जवाफ आयो, 'दिदीको त आजै बिहे भयो, आफ्नो घर गइसकी।'

मैले त्यस पछाडि उसले भनेको कुरा केही सुनिनँ। आफू उभिरहेको जमिन भाँसिदै गएको अनुभूति भयो। रिँगाटा लाएर ढलौंला जस्तो भएँ। कसो-कसो सम्हालिएँ। खुशी र पीडाको संगम जीवनमा एकै दिन हुनुपर्ने संयोग रहेछ। आखिर अपराजिताले भने जस्तै भयो। माथि आकाशको तारा हराएर गए जस्तै उ पनि मेरो जीवनबाट हराएर गई।

साँच्चै उ मलाई छोडेर कता गई, कोसँग गई मैले खोजिनीति गर्ने प्रयास गरिन, गर्न सक्ने अवस्थामा थिइनँ। सायद, काठमान्डौँको भीडभाडमा कुनै दिन कुम ठोक्किएर उसँग भेट हुने नै होला।

त्यसपछि आज उसँग भेट्न जादैछु। अदालत अगाडि पुगेसी यता-उता फर्केर हेरेँ। पावरदार चस्मा लगाएकी दुब्ली केटीलाई देखेँ। के उ नै हो? मैले फेरि एक टकले ध्यान दिएर हेरेँ। उसले पनि मलाई हेरी। कुनै बेलाको उसको मोटोपन देखिने शरीरमा हाडछाला मात्र थियो। यता मेरो लुरे ज्यानमा अल्छीपना र अमिल्दो खानपानले मोटोपन र अगाडि पुट्ट भुँडी ल्याइसकेको थियो।

उ नै रहिछे, मैले हात हल्लाए। उसले मलिन र निन्याउरो अनुहारमा हात हल्लाई। "सन्चै छौ?' नजिक पुगेसी मैले सोधेँ। टाउको हल्लाई। 'यता किन नि?' मैले फेरि सोधेँ।

'अलिअलि काम थियो,' उसले मसिनो स्वरमा जवाफ फर्काइ।

रातो भाले रेष्टुरेण्टको माथिल्लो तल्लामा उ र म वर्षौपछि आम्ने-सामने भयौँ। तर धेरै फरक अवस्थामा। पहिले सिधा नजर जुधाएर बस्थ्यौं, आज दुवैले एक अर्कासँग तिर हेर्न नि सकस माने झै छ।

लामो मौनतापछि उसले दबिएको आवाजमा बोली, 'निष्ठुरी!'

 मैले केही समयको मौनता पश्चात बोलेँ 'को? तिमी कि म?'

'घरमा बिहेको कुरा चल्दैछ भनेको दिनदेखि को सम्पर्क विहीन भाको?' एकछिनसम्म आँखा तरेर हेरिसकेपछि उ बोली।

'छोडिदेउ ती बितेका कुराहरु। बरु भन जीन्दगी कसरी चलिरहेको छ?'

उसले झ्यालबाट चिहाएर वन विभागको भवनतिर हेरी। अलिक बेरसम्म हेरिरही। लामो समयसम्मको एकोहोरो हेराई पश्चात आँखाबाट आँसु टिलपिल पारेर ब्यागबाट एउटा नेपाली कागज झिकेर म तिर सारि। मैले त्यो कागजमा एउटा मात्र शब्द देखेँ ‘सम्बन्ध-बिच्छेद’।

त्यो शब्द देख्नासाथ मैले आत्तिएर सोधेँ, ‘कसरी? किन? यति छिट्टै?’

'मैले सहन सकिनँ क्षितिज। मलाई पहिले कै जीन्दगी ठिक छ।' यति भनेर उसले न्यापकिन पेपरले परेलीबाट खस्नै थालेका आँसु पुछी। उसले काँपेको स्वरमा, क्षितिज के फेरि तिमी र मबीच पुरानै सम्बन्ध... भन्दै थिई मेरो मोबाइलको रिंगटोन बज्यो, मैले एक छिन है भन्दै फोन उठाएँ।

उताबाट हतारिएको स्वरमा आवाज आयो 'सुन्नु न, कता हुनुहुन्छ? छोरीलाई सञ्चो भएन अस्पताल लानु पर्‍यो। झट्टै आउनुस् है?'

 

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १४:०७
सिफारिस
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
विवादै विवादको भूमरीमा नेपाली फुटबल
विवादै विवादको भूमरीमा नेपाली फुटबल
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

अधुरो प्रेम!
टोकियोको भिडमा एक्लो म!
फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP