Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, चैत ३, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

चिन्न नपाएको छोरो

Nmb
Nmb
वेदराज ढुंगाना `दोस्ती`

वेदराज ढुंगाना `दोस्ती`

gibl
gibl
gibl
gibl
वेदराज ढुंगाना 'दोस्ती'।
वेदराज ढुंगाना 'दोस्ती'।
Tata box 1
Tata box 1

उसकी आमा उसलाई हाईस्कूल पनि आफ्नो गाउँमा नभएको हुँदा टाढाको स्कूलमा लगेर भर्ना गरी डेरामा राख्न बाध्य भएकी थिइन्। उनका लागि त्यही छोरा सर्वस्व थियो।

आफूलाई पढ्ने चाह हुँदाहँदै पनि पढ्न नदिइ सानैमा विवाह गरेर डाँडा कटाएको तत्कालीन समाज र परिवारप्रति रुष्ट थिइन्। त्यसैले पनि छोराको पढाइका लागि उनी जुनसुकै मूल्य चुकाउन पछि परिनन्। हप्तैपिच्छे खर्च बोकेर छोरालाई पुर्याउन जानु उनको जीवनको साप्ताहिक कार्य थियो। तर त्यसमा उनी आफूलाई अहोभाग्य ठान्थिन्। जसोतसो स्कूल उतारिन् र साइन्स पढ्ने योग्यता राख्ने छोरालाई त्यही पढाएर प्रमाण पत्र तह पनि उतारिन्।

हसिलो मुहार भएको त्यो छोरालाई अब आफूले केही काम गरेर परिवारमा टेवा पुर्याउनुपर्छ भन्ने भावनाले छोप्यो वा थप योग्यता हासिल गर्न टाढाटाढा जानुपर्ने झन्झटले प्रश्रय पायो। उसले जागिरको सुरसार सुरु गर्यो।

समय बित्दै गयो हसिलो मिजासिलो व्यक्ति प्रेमको चक्करमा परेर कुनै स्कूलकी शिक्षिका लिएर हिँड्यो। हिँड्यो मात्र होइन बेपत्ता भयो। यता आमाको बेहाल हुन थाल्यो। कुनै ज्योतिषी रहेनन् उनले छोराको चिना लिएर देखाउन बाँकी। कुनै चिनेका मान्छे बाँकी रहेनन् छोराको खोजखबरीका लागि। कुनै नदीका तिर बाँकी रहेनन् खोज्नका लागि। कुनै डाँडापाखा भीरपहरा बाँकी रहेनन् हाडखोड बाँकी छ कि, कतै हत्या वा आत्महत्या पो भयो कि भनेर।

केटी मात्र होइन, भएभरका गरगहना र नगद सम्पत्ति लिएर भागेको आरोप लगाउनमै मस्त थिए केटीका परिवार र आफन्तजन। छोरो मत्याएर पालेकी भन्ने आरोप लगाउनेको पनि कमी थिएन। आफूलाई छोरो जिउँदो छ कि छैन भन्ने चिन्ताले बचेरा चोरी भएकी परेवीको जस्तो अवस्थाले दिनको दृश्य न रातको निद्रा भइरहेको छ।

दिन बिते, हप्ता बिते, महिना, वर्ष बिते, दुई वर्ष, चार वर्ष, १०, २० वर्ष बितिसके, अहँ! छोराको चिनुखुट केही पत्ता लागेन। बाघद्वारा लखेटिएको हरिणझैँ चिन्ताद्वारा लखेटिएकी लखेटिएकै छन्। आशाको त्यान्द्रो कतै फेला पर्दैन। जतासुकैबाट निराशाका सूचना मात्र आइरहन्छन्।  

बुढ्यौली लागिसक्यो। उसलाई देखेर मर्न पाए हुन्थ्यो भनिरहन्थिन्। घरमै बसेर त्यो जिउँदै छ होला त? भन्दै शंकालु मनलाई बलजस्ती थिच्दै र बिरालोले मुसो खेलाउँदै मारेझैँ छोरा भेट्ने इच्छालाई खेलाउँदै मार्दै दिन काट्नु उनको दिनचर्या भयो। यसरी नै चिन्तैचिन्ताले उनलाई छिट्टै मधुमेहले छोयो। स्मरणशक्ति हराउँदै गयो। डिमेन्सिया भयो।

के गर्दै छु? के गर्नुपर्छ? भन्ने छ्यानपहिचान हराउँदै गयो। अन्तमा अल्जाइमर्सले पूर्णरुपेण छोप्यो। शरीर धरमराउन थाल्यो। सिथिलता बढ्दै गयो। आफूलाई अहिलेसम्म पलपलमा साथ दिँदै आउने र पाल्ने छोरोलाई कहिलेकता चिनेँ भन्नुबाहेक नातिनातिना, बुहारी इष्टमित्र सबै को हो? अहँ, थाहा छैन।

यस्तै समयमा उही हराएको छोरो आइपुग्यो, तीस वर्षपछि। आमालाई देख्यो, आँखाभरि आँसु पारेर ढोग्यो। अनि उठेर आमा भनेर बोलायो। कुनै प्रतिक्रिया छैन। त्यसपछि बाध्य भएर मलाई चिन्नुभयो भनेर सोध्यो। आमाले अँ चिनेँ भनिन्। चिनेँ भनेर कुनै प्रतिक्रिया नदेखाउने आमा देखेर उ अचम्मित भयो।

Ncell
Ncell

'बाबु, आमा सन्चै हुनुहुन्छ?' आमाले सोधिन्। छोरो अकमक्क पर्यो। सोध्न बाध्य भयो उ अनि सोध्यो- 'म को हुँ र?'

आमाले भनिन्- 'तल्ला गाउँकी कान्छीको छोरो हौ नि, म चिन्दिनँ र? सधैँ भेट्न आइरहन्छौ। आमा सन्चै छन्?'

उसले आँखा हेरेर पनि केही देख्न सकेन। आफूले आमालाई भेटे पनि आमाले आफूलाई देख्न पाइनन्, आँखै अगाडि भएर पनि। पछुताउँदै अवाक् भएर आमालाई हेरिरह्यो, हेरिरह्यो एकटक।  

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १५:४१
सिफारिस
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP