कविता
कोरोनाबाट बच्न गरिएको छ लकडाउन
अब यो लकडाउनमा बिचरा गरिबले के खाउन्?
बन्द सबै काम अनि बन्द सबै धन्दा
गरिबीले मर्ने भए कोरोनाले भन्दा
धनीले त खाइहाल्छन्, गरिबलाई हो पीडा
झन् धनीले नै हात थाप्छन्, हेर राहत दिँदा
धनीलाई त छँदै छ केको मतलब हुन्थ्यो र
गरिबको पीडाले धनीलाई किन छुन्थ्यो र?
धनी राहत लिन जान्छन्, हतार हतार धाउँदै
गरिब हिँड्दै गाउँ जान्छन् महिनौं दिन लाउँदै
सरकार भने लकडाउन थप्दै, हेर कस्तो चातुरी
विदेशिएका नेपालीहरू छ घर फर्किन आतुरी
नाकाहरूमा धेरै भीड, सीमाबाट आउँदा
कति चाहिँ अकालमै मरे लामो बाटो धाउँदा
कोरोना कोषको नाममा अर्बौं रकम उठाइयो
गरिबलाई हेला गरी आकाशमुनि सुताइयो
गरिबलाई लागिसक्यो भोकमरीले घेर्न
राष्ट्रपति छ हतारो करोडौंको कार्पेट र्फेन