मोरङ र झापाको सिमानामा पर्ने मावा खोलामा बसेका मानिसहरुप्रति समर्पित।
कविताः
छेकेकै छ आकाशलाई
थामेकै छ हावालाई
सुखीलाई के थाहा
खुसी छ दुःखमै
एक परिवार सातको जन
यिनको दुःखमा न कसैको आँखा जान्छ न त ध्यान।
एकैछिन मावा पुलमा रोकिए र उत्तरतर्फ हेरेँ
एक हैन सयौं छन्, को होलान् भनेर मनमनै सोधेँ
सबै व्यस्त थिए, को बालखको जवान
ठूलो पोको खै के को हो?
दिनचर्या त्यसले नै चल्दो हो।
न कसैको आश न कसैको डर
प्रतिस्पर्धा आफ्नै ज्यान पाल्ने
घाटको छेउ एक छिन रोकिए मेरा पाइला
त्यो साँझ र त्यो दिन आज सम्झँदा।
(सुजन घिमिरे मोरङमा बस्छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com