साहित्यपाटी
आईतबार, मंसिर २९, २०७६
युनिकोड ENEnglish
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली ब्रान्ड
  • समाज
  • विचार
  • किनमेल
  • कला
  • खेलकुद
  • घुमफिर
  • ब्लग
  • साहित्यपाटी
  • ग्लोबल
छोरी र बाबा
माल्भिना मात्रोसोभा (भावानुवाद: जुगल भुर्तेल)
माल्भिना मात्रोसोभा (भावानुवाद: जुगल भुर्तेल)

 

 

छोरीको उमेर- पुग्यो तीन वर्ष 

बाबाको काँधमा बस्न मन पर्छ 

त्यहाँ माथिबाट आकाश भेटिन्छ

तलभन्दा छुट्टै संसार देखिन्छ 

बाबालाई ऊ हुर्कने विश्वासै छैन 

पुल्पुलिएकी छ छोरी,  

अपूर्ण उसको कुनै इच्छा छैन

 

 

यसरी पुल्पुलिँदै छोरी, पुगी छ वर्ष 

अझै पनि उसलाई बाबाकै काख मन पर्छ

बनी दिन्छन् बाबा मुसा, भालु, हात्ती

सबै जान्ने बाबा सबैभन्दा जाति 

 

छोरीले टेकी दस वर्ष 

चकचके छे साह्रै सताउँछे 

आमाको लिपिस्टिक चोरीचोरी पूरै ओठ रंगाउँछे 

त्यस्तो बेला झोक्किँदै बाबाले कराउँछन् 

माया धेरै गर्ने बाबा कहिलेकाहीँ रिसाउँछन् 

 

हेर्दाहेर्दै सानी छोरी पन्ध्र वर्ष लाग्छे

खोल्दिन अब मनको कुरा लुकाएर राख्छे 

‘आइज बुई चढाउँछु’ भन्दा नाक खुम्च्याउँछे

‘तिमी अब बूढो भयौ, कहाँ सक्छौ?’ भन्छे

 

आजभोलि बोल्दिन छोरी बातचितै हुन्न 

कपाल पनि छोटो पारी, आफूजस्तै देखिन्न

उसको मन त ट्याटु खोप्ने, साथीभाइ, 

सहर डुल्नेमा छ

बाबासँग पार्क जाने अब फुर्सद कहाँ छ ?

 

छोरीको उमेर बीस वर्ष, 

आज ऊ साथीसँग कतै गई, घर आइन  

बाबाले फोन गरिरहे, अहँ... उसले फर्काइन 

छटपटिमा रात कट्यो, नसुती बिताए 

बिहान जब भेट भयो, बाबा रिसाए

झर्किएर जवाफ दिई, ‘नागरिकता देखाऊँ

अब म ठूली भएँ, स्वतन्त्र छु जहाँ जाऊँ’ 

 

छोरी साँच्चै ठूली भई,

बिहे भयो, अर्कै घर गई

बाबा घरिघरि उसलाई भेट्न जान्छन्

अझै पनि बच्चालाई झैं चकलेट लैजान्छन्

आज बाबा धेरै रोए खुसीको खबरमा 

छोरीले जब सुनाई ‘हुँदैछौ हजुरबा’   

 

छोरीको उमेर तीस वर्ष, 

उसलाई अब अतित मन पर्छ

फेरि बाबाको माया भरोसा 

त्यही काँध चाहियो

त्यही पार्क, त्यही चकलेट, 

त्यही गुलाबी रिबन चाहियो 

बाल्यकालका किताबमा अझै 

चकलेटको खोल भेटिन्छ

सम्झनाको ज्वारभाटा 

आँखाबाट पोखिन्छ 

बाबाको फोन दिनदिनै आउँछ, 

सोध्छन् ‘तिमीलाई कस्तो छ?’

ऊ भन्छे ‘बाल्यकाल फर्काएर बाबा 

तिम्रो हात समाउने मन छ’  

 

बाबा आमा घरिघरि 

फोन गर्दै रुन्छन्

शरीर अब थला पर्यो 

बिरामी भइरहन्छन्         

 

आमा बाबा बस्ने घरमा 

औषधि गनाउँछ 

बुझेकी छे छोरीले 

त्यो ‘घर’ अब चाँडै हराउँछ  

 

भागेर कुनै मायावी संसार

ऊ जान चाहन्छे 

समयलाई फर्काउन जहाँ

सिपालु छन् मान्छे

चिताएको इच्छा क्षणमै 

जहाँ हुन्छ साकार 

चढेर अग्लिनलाई त्यहाँ

बाबाको छ आधार 

किनकि उसलाई थाहा छ-

उनको काँधबाट आकाश भेटिन्छ

तलभन्दा छुट्टै संसार देखिन्छ !!!!!

- माल्भिना मात्रोसोभा (भावानुवाद: जुगल भुर्तेल)

 

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६, ००:०५:००
सिफारिस
अब जनताबाटै 'खुला' हुनेछ खुलामञ्च
अब जनताबाटै 'खुला' हुनेछ खुलामञ्च
बुहारी नबन्दै ‘सासू’को त्रास!
बुहारी नबन्दै ‘सासू’को त्रास!
पौडेलले अडान छाडेनन्, देउवा रित्तै फर्किए
पौडेलले अडान छाडेनन्, देउवा रित्तै फर्किए
‘इन्स्पेक्टरले छुनेवित्तिकै पड्कियो बम, एम्बुलेन्स आउन ढिलो हुँदा घाइतेलाई बचाउन सकिएन’
‘इन्स्पेक्टरले छुनेवित्तिकै पड्कियो बम, एम्बुलेन्स आउन ढिलो हुँदा घाइतेलाई बचाउन सकिएन’
वातावरण अभियन्ताको माग:निजगढमा विमानस्थल बनाउनै हुँदैन
वातावरण अभियन्ताको माग:निजगढमा विमानस्थल बनाउनै हुँदैन
प्रतिक्रिया दिनुहोस्

थप

साहित्यपाटी

सगरमाथा
‘मनको चाबी’ एक अजीव प्रेम-प्रस्ताव 
‘सरी बिन्दु, मलाई माफ गर’
अस्पतालमा एक रात
गाउँकी परी
अन्तरिक्षमा ऐतिहासिक वार्ता

विचार

प्रकाश सपुत
लोकगीत भनेको के हो, म स्पष्ट छुइनँ- प्रकाश सपुत प्रकाश सपुत
यमुना अर्याल (काफ्ले)
बुहारी नबन्दै ‘सासू’को त्रास! यमुना अर्याल (काफ्ले)
एकराज अधिकारी
पोखरा महानगर: सिटी प्लानिङ खै? एकराज अधिकारी

ब्लग

जनक गोले
बिनागल्ती त्रिविले बर्बाद गरिदिएको ती समय… जनक गोले
कृष्णभक्त दुवाल र शेरजंग बहादुर चन्द
विकासको एक मात्र मन्त्र ‘रेल र टनेल’ कृष्णभक्त दुवाल र शेरजंग बहादुर चन्द
रूमा रिजाल
कहिल्यै नलेखिएको कथा . . . रूमा रिजाल

साहित्यपाटी

ज्ञान बहादुर लामा
सगरमाथा ज्ञान बहादुर लामा "दोङ"
तुलसीप्रसाद दहाल
‘मनको चाबी’ एक अजीव प्रेम-प्रस्ताव  तुलसीप्रसाद दहाल
प्रेमकृष्ण श्रेष्ठ
‘सरी बिन्दु, मलाई माफ गर’ प्रेमकृष्ण श्रेष्ठ

पाठक विचार

विजयमणि पौडेल
विद्यालयमा दरबन्दी बढाएर र शिक्षकलाई तालिम दिएरमात्र सुधार हुँदैन विजयमणि पौडेल
मिलन त्रिताल
धरानका नवनिर्वाचित मेयरका पाँच चुनौती मिलन त्रिताल
मिलन त्रिताल
जागरण आन्दोलनको पर्खाइमा मुलुक मिलन त्रिताल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर
शेयर बजार
सुन चाँदि
रेडियो सुन्नुहोस्

सम्पर्क

सेतोपाटी संचार प्रा.लि

सूचना विभाग दर्ता नंः ५६१/०७४-७५

Setopati Sanchar Pvt. Ltd. Jhamsikhel Lalitpur, Nepal Email: info@setopati.com setopati@gmail.com Phone: +977-1-5529319 +977-1-5528194
Web: www.setopati.com

विज्ञापनका लागि

015544598, 9801123339, 9851123339

सोसल मिडिया

Like us on Facebook

Follow us on Twitter

Subscribe YouTube Channel

Follow us on Instagram

Follow us on Google+

मेनु

सेतोपाटी

  • गृहपृष्ठ
  • ब्लग
  • साहित्यपाटी
  • पाठक विचार
  • फिड

विशेष

  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Election 2017
  • विश्वकप २०१८

प्रधान सम्पादक

  • अमित ढकाल

सेतोपाटी टीम

  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2019 All rights reserved. Site by: SoftNEP