Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, असोज ४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

उ बेलाको दसैं

अच्युत शाली घिमिरे

अच्युत शाली घिमिरे

समय एकनासको हुँदैन

रोटेपिङ चै

घुमिरहन्छ,

र स्मरणमा रहिरहन्छ

ती दिनहरू

जस्का लागि दसैं एउटा चाड

मात्र होइन

सबै इष्टमित्र भेटघाट हुने 

अवसर बनेर आउँथ्यो।

 

घटस्थापनादेखि नै 

स्कुल बिदा हुन्थे,

घर पोत्न रातो माटो 

खोज्न गइन्थ्यो,

चुनाले घर रंग्याउन 

सबैलाई हतार हुन्थ्यो,

लाहुर गएकाहरू धमाधम

घर फर्किन्थे

सहर पढ्न हिँडेका दौतरीहरू

गाँउ फर्किन्थे

कस्को घर कत्रो खसी काट्न लाए

भन्दै हेर्दै हिँडिन्थ्यो

नयाँ लुगा र सिंगार पटारले

शरीर सजिन्थ्यो

टीकाको दिन रातैभरि

टुकी बालेर दक्षिण बटुल्न हिँडिन्थ्यो,

कस्ले कति पायो भनेर

खाम उप्काई उप्काई हेर्न हतार हुन्थ्यो,

प्रसादमा घरमा फलेका केरा 

खाँदा खाँदा उत्पात अघाइन्थ्यो!!

 

आजकल दसैं

फरक र भिन्न हुँदै गयो,

फेसबुकले नै

जमरा र टीका थाप्दै गयो

र युट्युबले आशिष दिँदै गयो,

समय यति परिवर्तन भयो कि

दसैंमा घर फर्किन

ऊ बहाना फेर्दै गयो

गाँउदेखि ऊ अघायो र

सहरमा नै रमायो,

गाउँ फर्किहाले पनि

उस्ले चौतारा भुल्यो

पधेँरो भुल्यो

मामाघर भुल्यो

आखिर ऊ फेरि

'एट माइ स्वीट होम' भन्दै

फेसबुकमा नै रमायो!

न पिङ न तास न त केही खास

भएन

आयो गयो

कसैले पत्तो पाएन,

ऊ सम्पन्न भयो

तर उस्ले सामूहिक्ता गुमायो

ऊ परिपक्व भयो

तर उस्ले बालापन गुमायो,

ऊ धनी भयो

तर उस्ले संस्कृतिमा गरिबी

भित्र्यायो!!

 

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १९:१६
सिफारिस
दसैंमा बाबु-आमालाई नयाँ घरमा सार्छु भन्थे, आफै अस्ताए जेनजी आन्दोलनमा
दसैंमा बाबु-आमालाई नयाँ घरमा सार्छु भन्थे, आफै अस्ताए जेनजी आन्दोलनमा
गृहमन्त्रीले भने पनि यसपालि कठिन छ विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिन, किन?
गृहमन्त्रीले भने पनि यसपालि कठिन छ विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिन, किन?
गायक जुबिन गर्गको अन्तिम पोस्ट भाइरल, मृत्युको अघिल्लो दिन इन्स्टाग्राममा छाडेका थिए सन्देश
गायक जुबिन गर्गको अन्तिम पोस्ट भाइरल, मृत्युको अघिल्लो दिन इन्स्टाग्राममा छाडेका थिए सन्देश
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने– म स्तब्ध छु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने– म स्तब्ध छु
जुबिन गर्गले स्वीकार गरेका थिए– मेरा धेरै चर्चित गीत मैले नशामा गाएको हुँ
जुबिन गर्गले स्वीकार गरेका थिए– मेरा धेरै चर्चित गीत मैले नशामा गाएको हुँ
११ लाख उठाएर स्थानीयले नै बनाइदिए जलेको प्रहरी चौकी
११ लाख उठाएर स्थानीयले नै बनाइदिए जलेको प्रहरी चौकी
प्रतिक्रिया दिनुहोस्

विचार

डा. यादव पण्डित
नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र डा. यादव पण्डित
अमित ढकाल
त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ! अमित ढकाल
भोजराज पोखरेल
यो सामान्य अवस्थाको चुनाव होइन, तर गर्न चाहनेले नसक्ने भन्ने हुँदैन! भोजराज पोखरेल
रमेश अधिकारी
चुनौतीका चाङबीच फागुन २१ मा कसरी गर्ने चुनाव? रमेश अधिकारी

ब्लग

सुशिला थापामगर
ढिला भएन र बा-आमा घुमाउन! सुशिला थापामगर
खेम गैह्रे
मैले सहर रोजेँ, छोराले विदेश रोज्ला! खेम गैह्रे
किरण बञ्जाडे
स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना! किरण बञ्जाडे
साजना तामाङ कुँवर
छोरीको अनुहारमा जीवनको मूल्य खोजिरहेकी एक आमा! साजना तामाङ कुँवर

साहित्यपाटी

रन्जीत आचार्य
अपराधी उद्यमी कि म? रन्जीत आचार्य
सुदृष्टी चापागाईं
संविधान दिवसको शुभकामना! सुदृष्टी चापागाईं
गोपी मैनाली
त्यसैले म साहित्य पढ्छु! गोपी मैनाली
अनुष्मा ढुंगेल
मेरी आमा! अनुष्मा ढुंगेल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP