हो, अभियन्ता ज्ञानेन्द्र शाही
नेपालको लागि नेपली ।
लखेट्छ सब भ्रष्टाचारी
देश बाटा जरै उखाली ॥
दिनमा हैन हाम्रो देश
रातमा चलेको छ ।
भ्रष्टाचार र बलात्कारी
जुनकेरी झै बलेको छ ॥
होइन विरोधी ज्ञानेन्द्र
नेता र सत्ताधारीको।
हैन उहाँ विरोधी पनि
सुरक्षाकर्मीहरूको ॥
हैन विरोधी ज्ञानेन्द्र शाही
हेर सञ्चारकर्मीहरूको ।
हैन उहाँ विरोधी पनि
सुशासन र समृद्धिको ॥
हो, अभियन्ता ज्ञानेन्द्र शाही
नेपालको लागि नेपली....
हो विरोधी ज्ञानेन्द्र शाही
दुष्ट त्यो भ्रष्टाचारीको ।
हो उहाँ विरोधी पनि
द्रुष्ट त्यो बलात्कारीको ॥
हो विरोधी ज्ञानेन्द्र शाही
देश दोहन गर्नेहरूको ।
हो उहाँ विरोधी पनि
घूसखोरी कर्मचारीको ॥
हो, अभियन्ता ज्ञानेन्द्र शाही
नेपालको लागि नेपाली.....
समर्थक हौं हामी पनी
ज्ञानेन्द्र शाहीको।
समर्थक हौं हामी सब
कुलमान जस्तो कुशल
कर्मचारीको ॥
गर्छौं विरोध हामी यहाँ
घूसखोरी र भ्रष्टाचारको ।
हिँड्छौं अब फुक्दै शंख
सावधान खबरदारको ॥
राम्रो काम गर्नेहरूले
सधैं भाग्नु परेको छ यहाँ ।
छातीमाथि ढुंगा राखी
जनता बाँच्नु परेकोछ यहाँ ॥
हो, अभियन्ता ज्ञानेन्द्र शाही
नेपालको लागि नेपाली ।
लखेट्छ सब भ्रष्टाचारी
देश बाट जरै उखाली ॥