Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, साउन १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

मिस नेपाल

अच्युत शाली घिमिरे

अच्युत शाली घिमिरे

हरेक साल

बौद्धिक क्षमताको लेपन लाएर

देखावटी सौन्दर्यको मोल तोक्न

आइदिन्छ

मिस नेपाल!

 

न छ समग्र मूल्यांकन

न छ विचारहरुको प्रक्षेपण

पूँजीवादको खोल ओढेर

छालाको रंग

शरीरको जैविक उचाई

र चस्माको पावरमा

नाफा कमाउन

हरेक साल

आइदिन्छ

मिस नेपाल!

 

के हो सौन्दर्यको परिभाषा?

अग्लो हुनु? गोरो हुनु?

मुलायम छाला हुनु?

चस्माविहिन आखाँ हुनु?

सोह्रश्रृङ्गार युक्त हुनु?

के यी सब चिरस्थायी छन् र?

छैनन् भने,

क्षणिकतालाई सौन्दर्यको मानक मान्न मिल्छ र?

यस कै भरमा

मिस नेपाल जस्तो साझा शब्दावली प्रयोग गर्न मिल्छ र?

मेरी प्रियसी!

नजाउ तिमी

आफूमा लघुताभाष सिर्जना गरेर

यस्ता विभेदीय संस्कृतिको

जगेर्ना गर्न,

मेरी प्रियसी!

नजाउ तिमी

आफ्ना कोमल अंगहरुमा

कर्पोरेट हाउसका

विज्ञापन छपाउन,

सुगाँ रटाई गरेर

प्रशिक्षणका नाममा

मस्तिष्क एकोहोरो बनाउन,

अवश्य

धनाढय वर्गका

युवतीहरूको भीडमा

तिमी हराउनेछौ,

साच्चै प्रियसी

इन्टरनेट भोटिङ्ग मार्फत

तिमीलाई बहुमूल्य बस्तु बनाईनेछ र

बेचिनेछ सञ्चारमाध्यमहरुमा।

 

किंवदन्ती जस्ता व्यथा भोग्ने

विकटका नारीहरु,

स्वर्णिम झुल्केको घामलाई

घुँडा टेकी हात जोडी नमस्कार गर्ने नारीहरु,

सानै उमेरमा घाँस दाउरा गर्न सिकेका छोरीहरु,

हुर्किन पाको छैन स्कुलको सट्टा पराई घर जान विवश छोरीहरु,

समाजको रसायनमा

घुलेका बोक्सीरुपी नारीहरु,

छाती तिघ्रा गुप्तांगमा

यौनपिपासुका डामहरु सहेर

उत्पीडनमा बाचेका नारीहरु,

रोजगारका नाममा खाडी मुलुकमा

बेचिएका बेचैन नारीहरु,

बिना दोष एसिड आक्रमणमा

कुरुप अनुहार लिएर बाचेका नारीहरु,

मेरो प्रश्न आयोजकहरुलाई??

के

यिनिहरु कहिल्यै फुल्नु फैलिनु र फराकिलो नहुनू?

के

यिनीहरु कहिल्यै मिस नेपाल नहुनू?

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १२:५६
सिफारिस
नाग पुज्ने सहर
नाग पुज्ने सहर
यी फ्याक्टर जसका कारण प्रचण्ड बढाउँदैछन् माधव नेपालसँग एकताको हात
यी फ्याक्टर जसका कारण प्रचण्ड बढाउँदैछन् माधव नेपालसँग एकताको हात
नागको पूजाआजा गर्न भक्तजनहरूको घुइँचो (तस्बिरहरू)
नागको पूजाआजा गर्न भक्तजनहरूको घुइँचो (तस्बिरहरू)
दैनिक ७ हजार पाइला हिँड्दा पनि दीर्घ जीवन, कम हुन्छ मुटु र बिर्सिने रोगको जोखिम
दैनिक ७ हजार पाइला हिँड्दा पनि दीर्घ जीवन, कम हुन्छ मुटु र बिर्सिने रोगको जोखिम
हुम्लाको नाम्खामा फेरि आयो भेलबाढी, हिमतालबाटै उत्पत्ति भएको आशंका
हुम्लाको नाम्खामा फेरि आयो भेलबाढी, हिमतालबाटै उत्पत्ति भएको आशंका
गोहीका बच्चाको दाँत माझिदिने प्रेम दाइ
गोहीका बच्चाको दाँत माझिदिने प्रेम दाइ
के हुन्छ अब विद्या भण्डारीको रणनीति, के गर्छिन्?
के हुन्छ अब विद्या भण्डारीको रणनीति, के गर्छिन्?
प्रहरी एसपी थिए, अहिले बेच्छन् कुकर कफी
प्रहरी एसपी थिए, अहिले बेच्छन् कुकर कफी
पर्सामा ट्यांकरमार्फत् नेपाली सेनाले धमाधम बाँडिरहेछ पानी
पर्सामा ट्यांकरमार्फत् नेपाली सेनाले धमाधम बाँडिरहेछ पानी
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

एकचोटि आफूलाई सोध!
नांगीनको नक्सामा!
सेतो वस्त्रमा मेरी भाउजू!
सम्बन्धको सीमारेखा!
बेथितिमा रुमलिएको मेरो देश!
पर्खाल र मान्छे!

विचार

आशा मगराती
कक्षामा पछाडि बस्नेहरूको कथा आशा मगराती
योगेन्द्र चापागाईं
यी हुन् विद्यालय शिक्षा सुधार नहुनुका प्रमुख कारण, के गर्न सकिन्छ? योगेन्द्र चापागाईं
सुरेन्द्र फुयाल
मसुरीका महसुर नेपाली! सुरेन्द्र फुयाल
चेतनाथ आचार्य
'स्वर्ग जाने बाटो' को यात्रामा जे देखियो चेतनाथ आचार्य

ब्लग

सौरभ थापा श्रेष्ठ
नाग पुज्ने सहर सौरभ थापा श्रेष्ठ
अर्जुन मोहन भट्टराई
कुण्ठा बनेको कात्तिक २७ को त्यो घटना! अर्जुन मोहन भट्टराई
सागरमणि दाहाल
लोक सेवक कि सरकारी उडुस! सागरमणि दाहाल
भुपेन्द्र शाही
यात्रा उस्तै, यात्री दुरुस्तै! भुपेन्द्र शाही

साहित्यपाटी

प्रल्हाद गैरापिप्ली
एकचोटि आफूलाई सोध! प्रल्हाद गैरापिप्ली
दिनेश आचार्य
नांगीनको नक्सामा! दिनेश आचार्य
सुलोचना केसी
सेतो वस्त्रमा मेरी भाउजू! सुलोचना केसी
समिर विश्वकर्मा
सम्बन्धको सीमारेखा! समिर विश्वकर्मा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP