लेखौं लेखौं लागि राछ के पो लेख्ने होला !
सत्य तथ्य लेखौं भने यिनको मन छोला !!
वाईड वडिको कुरा गरौं चित्त दुख्न सक्ला !
निर्मलाको विषयमा त झनै कस्ले देख्ला !!
जेलमै भाका महाशयले शपथ खाएरै बसे !
मेलम्चिका ठेकेदार सावले कुलेलमै कसे !!
विकास निर्माण यस्तै भयो आशै मात्र गर्ने !
नेता ज्यु ले कहिले सम्म भ्रम मात्रै छर्ने !!
शान्ति क्षेत्र नेपाल हाम्रो हिन्दु राज्य पहिले !
होलि वाईनको प्रभावले जरा गाड्यो अहिले !!
साम्प्रदायिकता भड्किन्छकि भन्ने डर भयो !
मौलिकता र आफ्नो पन कता गयो गयो !!
नयाँ पुस्ता देशमै राख्न हम्मे हम्मे पर्यो !
बेरोजगारी र अस्थिरताले हदै सम्म गर्यो !!
महँगी र शान्तिसुरक्षाको कुरा कति गर्नु !
दोष लगाउँदै दिन बिते भयो लाज मर्नु !!
देशले निकै दुख पायो युध्द पनि झेल्यो !
हाम्रो धेरै कमजोरी भो पराईले खेल्यो !!
दशैं तिहार पर्वका नि विदा सबै काट्ने !
राम्रो गर्छौ भन्दै सधै कहिलेसम्म ढाँट्ने !!
राष्ट्र हाम्रो स्वर्ग सरी किन विर्स्यौ धर्म !
युगौं युग जोगाई राखौ यसको मुल मर्म !!
नारा दियौ समृध्दिको जनतालाई पहिले !
पुर्पुरोमा हात राखेर धिक्कारदैछन अहिले !!
दुई तिहाईंको सरकारले काम गरे राम्रो !
विकाशले गति लियोस शुभकामना हाम्रो !!