अचेल मलाई म नेपाली हुँ भन्न सार्है नमज्जा लाग्छ
धेरै बेर घोत्लिन्छु अनि सोच्छु
अन्याय र अत्याचारको यति दिन बितिसक्दा जनताको सरकारसँगको विश्वास उठिसक्दा
त्यत्रो होर्डिङबोर्ड भरि विज्ञापन गरेको सरकार छ कि छैन झैं लाग्छ।
न्याय नपाएर मानसिक सन्तुलन गुमाउनुपर्दाको पीडा
आफ्नै कलेजोको टुक्रा चुटुक्क अलग्गिदाको पीडा
के अब साच्चै पीडित र निर्धाले अपराधीलाई भुल्नुपर्ने हो र
कति करायौ र हामी न्यायको निम्ति घोक्रो सुक्ने गरी चिल्लायौ
के अब पीडितले न्याय खोज्न गोरखा नै जानुपर्ने हो र?
सरकार मलाई न्याय चाहियो भन्दा भन्दै अझै कति मर्नुपर्ने हो
हिजोसम्म छोरीलाई लक्ष्मी र देवीको अवतार मान्दै गर्दा
मेरो घरको खुसी अझ दुई गुणा बढेको ठान्दै गर्दा
छोरी हुनु वरदान कि अभिशाप यो प्रश्नको उत्तर जान्न मन छ
कि निर्मलालाई कतै एकादेशकी पात्र सम्झेर भुल्नुपर्ने हो?