इन अ चेम्बर !
इन बिटुइन अफ जीवन एन्ड मृत्यु।
पर भित्तामा एउटा कालो बोर्डले झुन्डिएर आत्महत्या गरेको छ। जसमा रगतसरी पोतिएका राता अक्षरहरु खुरुरु दौडीरहेका छन् "your remaining life 00:00:13" अर्थात तेह्र सेक्स आई मिन तेह्र सेकेण्ड मात्र,
समय घट्दो छ र मेरो धड्कन बढ्दो, हरेक सेकेण्डको अन्तरालमा एउटा आवाज प्रष्फुटित हुन्छ ! टुंट !
आवाजले मलाई भाउन्न छुट्छ।
दिमाख डान्स हान्छ आई मिन घुम्छ।
माई डिअर फ्रेन्डस, द टुंट टुंट इज फलन डाउन टु एक सेकेण्ड।
एण्ड साउण्ड गोज लाइक टुंटुंटुंटुंटुंटुंटुंट
ढकढक् ढकढक् !!
ढकढक् ढकढक् !!!!
ढोकाको ढ्याङ्ग्रो ठटाईले बिचरी मेरी निन्द्रादेवी पो न राम्रोसंग ठटाईएछिन् कता भागिछन् कता।
सोच्दा पनि हाँसो लाग्ने म मरेको सपनामा रैछ।
जुरुक्क उठ्चु !
मुख धुन्चु !
दाँत माझ्चु
ऐना हेर्चु ! मुसुक्क हाँस्चु ! अ कपल अफ इस्माइल ! नो नो... "स्माइल" !! एउटा म अर्को ऐना भित्रकाे लठेब्राे म कस्तो कुरा नबुझ्या ? आखिर यो सब म कस्लाई बताउदै छु यार, तैट ! म त एक्लै पो छु त, अहिले त एक हुल हाँस्दिन्चु गलललल।
उड्छु कलंकी सम्म।
त्याँड गुड्नै पर्छ केरे,
ए ए ! हैन हैन म त चट्ट गाडीमा बस्ने हो गुड्ने त गाडी पो त !
गाडि चढ्छु।
सहचालक : कालीमाटी छ ?
अ उछुल्लेको केटो : छैन आज कालीमाटी पनि घुम्न गाछ।
गललललललल अ बथान अफ हाँसो। गाडी भरिका सबै मनुष्य हाँस्छन।
सँगसँगै एकलट गाडीपनि हाँस्छ।
कस्तो अचम्म त्यो गाडी गर्भवती भएको छ तेस्को पेटभरी बच्चा छन्।
मान्छेले एक, दुइ, तिन, सात कतिवटा सम्म बच्चा पाएको रेकर्ड छ ?
त्यो निर्जीव गाडीले सत्रवटा पाइदिन्छ
गाडीको याैनाङ्ग बाट सत्रै जना फुत्त फुत्त निस्कन्छन्।
सबै बच्चा आ आफ्नो बाटो लाग्छन्
एउटा बच्चो शंकरदेब कलेज तीर लाग्छ।
ओ माई गड ! द ब्रिज अफ रत्नपार्क इज फलन ओभर हिम।
गर्ल्याम्म !!
ढकढक् ढकढक् !!
ढकढक् ढकढक् !!!!
उफ्फ यो पनि सपना रैछ म फेरी मरेछु सपनामा।
उठ्छु।
कलेज जाने दिन त सक्कि सकेछन्। खाना बनाउछु। खान्छु। कलंकी सम्म फेरि उड्छु। तन्नेरी कान्तिपुर चढ्छु। अरु भन्दा छिटो गुड्ने भएर तन्नेरी भन्या क्या कस्तो नबुझ्या ?
पोखरा ! पोखरा !!
सिट् !
कान्तिपुरले पोखरा पोखरा रे
व्हाट अ जोक,
मनमनै एक पेग हाँस्छु
गाडी हुईंकिन्छ,
अगि सम्मको थोत्रो कान्तिपुर अईले सफाचट एअर कण्डिसनर्ड भयो। सपनामा यस्तै हुन्छ। कहाँको कहाँ के पत्तो नै हुन्न
फुत्तै
गजुरी आइपुग्छ।
मलेखु नपुग्दै एउटा मोड आउछ नि !
ठ्याक्क तेहाँ बाट कान्तिपुर त्रिशूलीमा हाम फाल्छ ! छप्ल्याङ्ग !!
उफ्फ !
झल्यास्स व्युँझन्छु !
ह्वाट्स रङ्ग विथ मी ?
म फेरी मरेछु यार सपनामा
मान्छेले सपनामा सपना वा भनौं सपना भित्र कतिओटा सपना देख्न सक्छ होला है ?
अ सीरियस कोएसन्
ह्यांगओभर फ्रम हलिवुड मुभी "इन्सेप्सन" !!
आउनुस् एकछिन प्रेमिल बनौ।
"जसले प्रेमको गुणगान गाए तिनले प्रेमलाई बदनाम बनाए
जसले गुपचुप प्रेम गरे तिनले प्रेमलाई वाहवाही बनाए "
म बगैचामा छु, साथमा ऊनि।
मेरा एकजोडी आँखा उनका एकै जोडी आँखाहरुसङ्ग ठोकिन्छन तर दुर्घटना हुदैन।
मेरा एकथान ओठहरु
उनका एकथान ओठसङ्ग पैठेजोरी खेल्छन तर जितहार हुदैन।
मेरा एकजोर हातहरु उनका एकजोर स्तन तिर बढ्नै खोज्दा
उनको एउटा हात मेरो एउटै हातमा एकपटक बज्रिन्छ
झल्याँस्स हुन्छु !!
म सपनाहरुमै रुमल्लिरहेको छु, हराइरहेको छु।
कस्तो अचम्म भने नि, मान्छे आफ्नै सपनामा कैद।
जुरुक्क उठ्छु। कतै लाग्छु।
केटाहरु भेटिन्छन्। क्याफे छिर्छौं।
सूर्यलाई दागबत्ती दिदै सोच्छु।
क्या गजप चुरोटको र एस्ट्रेको प्रेम
अनि चुरोटले मर्ने बेलामा एस्ट्रेलाई गर्ने त्यो अन्तिम चुम्बन।
कथाको बारेमा केटाहरुलाई बताउछु।
सतासी बर्षको कुमार साथीले कसाैडि जस्ताे टाउकाे हल्लाउँदै भन्छ :
"कस्तो बकम्फुसे कथा" नबुझ्ने खालको।
"नबुझे नबुझुन न त नबुझ्नेले सोध्लान नि " : म भन्छु।
दुध खाँदै गरेको तिन महिने दुधे साथीले तोते बोलीमै भन्छ "क्या फन्तासी छ याल कथामा" मलाई तै गदप लाअाे।
अर्को साथी नथिलालले अर्काे टेवल बाट नजर फिर्ता ल्याएर, के हो र फन्टासी भनेको?
खै अब म पढ्छु भन्छ
फन्टासी भनेको "फन्टा सी" आई मिन फन्टै फन्टाको सागर के।
गलललल हामी चारै जना हाँस्छौ।
हामी हासेको देखेर एकसट क्याफे हाँस्छ।
मरीसकेको चुरोट पनि चूस्स हाँस्दिन्छ।
जिस्किदा जिस्किदै मेरो हातमा सुर्यले चुम्बन गर्छ। आथ्था।
मधुर आवाजमा कोही कराईरहेछ।
अकिल ! अकिल !!
म ब्युँझन्छु !!