ओलीजीलाई खुल्ला कविताः


ओलीको अनगिन्ति तुक्का र वोली

तिमी आएको थियौ कुन पृष्ठभूमि खोली

सवैले देखेका छन तिम्रा तुम्वी र झोली

 

भन्थ्यौ हिजो भारतलाई विस्तारवाद

विपक्षी   नेतालाई  चाकरी वाद

कहाँ रह्योर तिम्रो राष्ट्रवाद ?

तिमीलेपो देखायौ महाराष्ट्र घात

 

हिजो कैयौं देशका

राष्ट्रप्रमुख सरकार प्रमुख राजधानी धाउथे

तिम्रो छेपारे, चम्चे स्वरुप नवुझी

मोदी कसरी जनकपुर आउथे ?

 

जनकपुरवाटै प्रवेश गर्न

के स्वार्थ थियोर मोदीलाई ?

जानकी मन्दिरको चावी वुझाउन

के खाँचो थियोर ओलीलाई ?

 

पाल्यौ लाखौं  नेपाली सशस्त्र सुरक्षा सेना

ल्यायौ भारती पर्याप्त धोती सुरक्षा सेना

काम छैन यो नेपाली असक्षम सेना मेना ?

 

मोदीको पुत्लालाई  नेपाली जनताले

लगाए थोत्रे जुत्ताको माला

उता चम्चे ओली सरकारले लगाए

१२१ किलोको फूलको माला

 

हिजो त्यो कालरात्री नाका वन्दिको

आलो घाऊ विर्सेका छैनौं

भोक, तिर्खा र पीडाले

आकुल व्याकुल वनाएको कथा विर्सेका छैनौं

 

हिजो ईतिहासमा लेन्डुपको नाम

कलंकीत लेखियो

कोशी,महाकाली ,गण्डकी वेचुवा

अन्यको करतुत राष्ट्र घाती लेखियो

अव ओली तिम्रो महान

खोक्रो राष्ट्रवाद पो देखियो

फेरि ‘नेपाली ईतिहासमा ओली तिमीनै

सवैभन्दा राष्ट्रघाती कलंकीत छौ’ पो लेखियो ।।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.