९ मार्च


आज पनि बिहानै उठाइन् उनले मलाई । उनी आज छिट्टै उठेर म्यासेज पठाइछिन् तर म निद्रामै भएकाले थाहै पाइनँ । उनको म्यासेजको जवाफ केही समयसम्म नआएपछि मलाई कहिल्यै निद्रामा डिस्टर्ब नगर्ने मान्छेले पनि कल गरिन् ।

उनी निकै फ्रेस महसुस गर्दै थिइन् आज । बोली प्रस्ट अनि ताजा लाग्थ्यो । म महसुस गर्न सक्छु, आज उनी कुनै तनावमा छैनन् । बसयात्राको अस्तिदेखिको थकान पूर्ण रुपमा मेटिएको प्रतीत हुन्थ्यो उनको आवाज सुन्दा । हामी निकै आतुर थियौ“ भेट्न र भरपुर माया साटासाट गर्न– एक–अर्कामा कस्सिन, धस्सिन । त्यसैले बिहान १० बजे नै भेट्ने भयौं ।

उनी मलाई फोनमै मस्किँदै, लाडिँदै सोध्दै थिइन्, ‘आमाले खाना खाएर मात्र जाऊ भन्नुभएको छ, के गर्नु ? खाना खाएर आऊँ कि नखाई ?’

मैले हाँस्दै खाना त हामीसँगै खान्छौं तर आमाको मन राख्नका लागि थोरै खाएर आऊ न घरमा भन्दा उनी खुसी भइन् । उनमा आएको ताजगीले ममा पनि केही ऊर्जा जागृत भयो । उठिहाले“ म पनि । फ्रेस भएर अफिसतर्फ लागें ।

हुन त म सधैं अफिस छिट्टै नै पुग्छु तर आज अझै छिटो, नौ बजे नै पुगी चिया पिएर आफ्नो प्राथमिकताअनुसारको काम हेर्दै सहकर्मी साथीहरुलाई कुर्न थालें । साढे नौ बजे सहकर्मीहरु आइसकेपछि उनीहरुलाई काम सम्झाएर उनलाई लिन हिँडें ।

हाम्रो भेटको समय १० बजेको हो तर म ९.५५ मै बानेश्वर चोक पुग्दा मेरोसामु उनी बिल्कुलै फरक शैली र मुद्रामा, रातो रङको सधैंको भन्दा केही छोटो वान पिस, आधुनिक कपडामा सजिएर, एउटा हातमा पर्स र अर्को हातमा रातै रङको आउटर लिएर कुरिरहेकी थिइन् ।

उनी गाडीमा बस्नासाथै जिस्क्याउन थालें, ‘ए आज यो केटीको फ्रेस बोली सुनिनुको कारण यस्तो पो रहेछ ! किन यस्तो साह्रो हट भएर आएकी तिमी, बाटैबाट कसैले भगाएर लगेको भए ?’

उनी मस्किँदै, हाँस्दै आफ्नो टाउको मेरो काँधमा टेकाएर हात मुसार्दै भन्दै थिइन्, ‘म हजुरलाई आजै मात्र पो हट लागेको?’

मैले भनें ‘तिमी कोल्ड भएकी भए त मेरो नजरमा नै पर्ने थिएनौ नि तर आज धेरै हट देखेर क्या, अनि तिमीलाई यस्तो पहिरनमा देखेर कसैले भगाएर लगेको भए !’

उनी मेरो हात दबाउँदै मस्किँदै भन्न थालिन्, ‘उमेरमा यस्तो लुगाा नलगाए बूढी भएपछि लगाउनु त ? अनि म घरबाट भागेरै त आएको हो नि हजुरकोमा !’

म दङ्ग पर्दै भन्दै थिएँ, ‘लगौं त तिमीलाई आज भगाएरै ?’

उनी जवाफ फर्काउँदै थिइन्, ‘म त पहिल्यै भागिसकेकी छु हजुरसँग ! हजुरले लान मात्र बाँकी छ । खोई लग्न त सधैं लग्नु पनि हुन्छ अनि फेरि फर्काएर छोडिदिनुहुन्छ, कहिले लानुहुने हो सधैंका लागि ?’

उनको यस्तो शैली र शब्द कहिलै सुनेको थिइनँ यसअघि । म छक्क पर्दै सोध्दै थिएँ, ‘आज लान्छु है त तिमीलाई सधैंका लागि, अब फर्कन पाउन्नौं नि ! तर जान्छौचाहिँ कहाँ ?’

उनी आफ्नो टाउको मेरो काँधमै राखेर कत्ति नहल्ली भन्दै थिइन्, ‘मैले कहिल्यै नाइँनास्ती गरेकी छु र अहिलेसम्म ? जहाँसुकै लग्नुस्, हजुर मेरो साथ भए भइहाल्यो नि मलाई !’

होइन, आजको यो विषय साँच्चैको हो वा रमाइलोको रुपमा मात्र गरिएको कुराकानी ? मैले ठम्याउनै सकिनँ । सायद उनी आज रोमान्टिक मुडमा रहेकीले यस्तो भन्दै गरेकी हुनुपर्छ भन्ठानें । अनि यस्तै ठट्यौली र रमाइलो कुराकानीलाई झनै बढाउँदै हामी काठमाडौंको कोलाहल र प्रदूषणबाट टाढा गोदावरीतर्फ लाग्दै थियौं ।

अस्ति हामी गोदावरी भिलेज रिसोर्टमा लन्च र फुलचोकी डाँडा घुम्न गएको बेला मेरो नजरमा परेको थियो एउटा राम्रो रिसोर्ट, त्यहीं गयौं । गोदावरीको विशाल र घना जङ्गलको छेउमा रहेको त्यो शान्त र मनोरम रिसोर्टको पार्किङमा गाडी राखेर रिसोर्टकै पछाडि रहेको ठूलो र केही बाक्लो गार्डेनको कुनामा रहेको टेबलमा गएर बस्यौं हामी । हाम्रो देब्रेपट्टि अलि फैलिएको गार्डेनमा अरु दुईवटा टेबुल थिए तर खाली ।

पूर्वोत्तर कुनामा विशाल डाँडो र घना जङ्गल, दक्षिणपूर्वमा अर्को ठूलो हरियो ढिस्को, अर्का दुईतिर भिन्नखालका सुन्दर फूल र विविध बिरुवाका केही हुर्केका ठूला, बाक्ला झाडीहरु थिए । बीचको टेबलमा दुवै कुर्सी जोडेर एक–अर्कालाई आ–आफ्नो शरीरको सहारा दिँदै बस्यौ“ हामी ।

हुन त हामी रिसोर्टमा रुम लिएरै बसको भए पनि हुन्थ्यो । उनको असहमति हुने थिएन नै तर पनि आफैंले कोरेको हाम्रो लक्ष्मण रेखाभित्रै रहन बन्द कोठा कदापि सान्दर्भिक हुन्नथ्यो । त्यही कुरा बुझेरै मैले कहिल्यै रुम लिएर बस्न चाहिनँ ।

धेरै दिन अघिदेखिको भोको मान्छेको अघिल्तिर चौरासी व्यञ्जन एकैसाथ राख्दा उसले कुन खाने, कुन नखाने हेक्का पाउन नसक्ने जस्तै भएको थियो आज । केही दिनदेखि माया साटासाट गर्न नपाएर पानीबिनाको माछोसरी छट्पटाइरहेका हामीलाई एकापसमा जोडिन, टाँस्सिन र प्रेमको वर्षा गर्न उपयुक्त समय मिलेको थियो ।

आज मानसिक रुपमा पनि हामी तयार भएरै घुम्न निस्केका थियौ“ । हिजै पनि त केही सल्लाह गरिसकेका थियौ“ यसका लागि । लाग्दै थियो, जे पनि हुन सक्छ आज, सायद प्रेमका नयाँ द्वारहरु खुल्नेछन् ।

आज बिहानै फोनमा र बाटाभरि पूर्ण रुपमा प्रेममा युवायुवतीबीच हुने सबै खालका धेरै कुरा भए पनि हाम्रो मात्र आँखा–आँखामा कुरा भइरहेको थियो, अहिले यहाँ आइसकेपछि । ओठ मानौ“ बन्द थिए हाम्रा । मात्र हाम्रा मनहरु एकापसमा कुरा गर्दै थिए र मायामा डुब्दै थिए चुर्लुम्म । हामी दुवैका आँखा रसाएका थिए ।

रिसोर्टको बाहिरको गार्डेनको टेबुलमा बसेको केही समयमै आएको वेटरलाई कफी तुरुन्तै ल्याउन भन्यौं । हामीले भनेबमोजिम कफी तुरुन्तै आइहाल्यो । त्यतिन्जेलमा उनले मेनु हेर्दै खानाको छनोट गरिसकेकी थिइन् । खानाको अर्डर गर्दै एक घन्टापछि मात्रै ल्याउन भन्यौं ।

वेटरले पक्कै पनि हामी जोडी भएको बुझिसकेको छ र लामो समयसम्म त्यहाँ बस्नेवाला छौं भन्ने सोचेरै त होला, ‘सरहरु रुममा बस्नुहुन्छ कि ?’ भनी सोध्यो । मैले ‘पर्दैन भाइ, हामीलाई यहीं ठिक छ’ भनेर फर्काएँ ।

उनी उनको सबैभन्दा प्रिय पेयपदार्थ कफी पनि नपिई लगातार आफ्नो हातले मेरो हात सुम्सुम्याइरहेकी थिइन्, आफ्ना केही काम्दै गरेका सुकोमल हातहरुले हल्का मुसारिरहेकी थिइन् ।

हामी झन्डै–झन्डै केही पनि नबोली बसेका थियौं, गोदावरीको रिसोर्टमा पुगेर । घामै छेकिनेजस्तो झाडी र फूलका बिरुवाले घेरिएको एकदमै एकान्त र शान्त वातावरण थियो त्यहाँ, जहाँ चराचुरुङ्गीका चिरबिर–चिरबिर आवाजहरु मात्र सुनिन्थ्यो ।

हामी दुवै जना बोलिरहन मन पराउने र बोलिरहने मान्छे तर पनि चुपचाप छौं अहिले । वातावरणसमेत बिल्कुल शाान्त छ, मानौं हाम्रै आवाज सुन्नका लागि कुरेर बसेझै“ तर हामीचाहि“ के कुरेर बसिरहेका छौं थाहै छैन । मात्रै महसुस गरिरहेका छौं, एक–अर्कालाई । सायद हामी एक–अर्काको मुटुको धड्कन सुन्दै छौं, सायद हामी एक–अर्काको न्यानो र मधुर श्वास सुँघ्दै छौं ।

उनी कहिले आफ्नो टाउको मेरो काँधमा टेकाएर देब्रे हातले मलाई अङ्गालो हाल्दै, दाहिने हातले कहिले मेरो हात समात्दै त कहिले मात्रै मेरा हात र ढाड सुम्सुम्याउँदै बसेकी थिइन् । म उनलाई अङ्गालोमा कसेर उनका सुनकेस्री कपाल खेलाउन थालें, बिल्कुलै शान्तसँग, बिस्तारै–बिस्तारै !

हाम्रो मुख मात्रै त केही बोलिरहेको छैन नि, हाम्रा शरीरका आन्तरिक र बाह्य हरेक अङ्ग, मन र मस्तिष्क एक–अर्कामा पूर्ण रुपमा संवाद गर्दै छन् ।

उनी बिस्तारै केही मदहोसीमा डुब्न थालिन्, नशामा लठ्ठिएझैं गरी । आफ्ना आँखा बन्द गरेरै मेरो हातबाट चुम्बनको वर्षा गर्न सुरु गरिन् । मैले बिस्तारै–बिस्तारै उनका कलिला अनि रसिला ओठ चुम्न थालें, उनको सुनकेस्री कपाल मुसार्दै र गाला सुम्सुम्याउँदै उनको कोमल अवयवहरुको स्पर्श गर्दै तल झर्न थाले । न्यानो घाममा हाम्रा तात्तिएका शरीरहरु मिलेसम्म जोडिन थाले । हाम्रो मन, मस्तिष्क मात्रै यहीं छ आज पूर्ण रुपमा जोडिन तयार भएर । दुई शरीर एक आत्मा भएर ! हाम्रा भएभरका सबै इन्द्रियहरु सक्रिय भएर खेल्न थाले एक–अर्काको शरीरमा । हाम्रो तातिसकेको शरीरका कपडाहरु अवरोधक लाग्न थाले, हामीलाई ।

नरनारीको पूर्ण मिलनको अवस्था थियो, मधुर मिलन ! हामीले सम्पूर्ण रुपमा आफ्नो होस गुमाइसकेका थियौ“, हामीलाई कसैले देखिरहेको हुनसक्छ वा हामी खुला ठाउँमा छौ“ भन्ने ज्ञान नै भएन । जब हाम्रो वस्त्रले नै साँच्चै आफ्नो धर्म पूरै छोड्ने स्थिति आयो, तब झस्किएँ म । सम्हालियौ“ हामी । झन्डै हाम्रो सीमा रेखा फेरि नाध्यौं हामीले तर हाम्रो अठोट, सङ्कल्प, त्यसप्रतिको दृढता र समयले अघि–अघिझै“ रोक्यो आज पनि । रोकियौ“ हामी ।

हिजोको उनको कारण व्याकुल बनेको मलाई उनले कुनै पनि हालतमा रोक्नेवाला थिइनन् तर उनको आफ्नो सङ्कल्प, जसलाई हिजैको उनको व्यवहारका कारण तोड्न तयार भएकी थिइन् उनी, त्यसलाई तोड्न चाहिनँ मैले । शरीर र मस्तिष्क तयार थियो तर तयार भएन मेरो आत्मा ।

हाम्रो शारीरिक क्रियाकलाप केहीबेर रोकिइसकेपछि पुनः हाम्रा शरीरहरु टाँस्सिन थाले एक–अर्कामा र हाम्रा श्वास र ¥यालहरु मिसिन थाले तर फेरि पनि केही मिनेटमै हामी सम्हालियौ“ ।

अब फेरि पनि टाँसिनु पर्दाको अवस्थामा भने हामी दुवैले रोक्न नसक्ने भयौं आफूलाई र तोडिने भए हाम्रा सङ्कल्प अनि गल्ने भए दृढताहरु । त्यसलै हात मात्रै समाएर गोदावरीको शान्त होटलको गार्डेनमा निकै समय बस्यौ“ । हिजोको हाम्रो न्यास्रो मेटाउने कोसिस ग¥यौ“ र निकै हदसम्म मेटायौ“ पनि ।

कफी त हाम्रो खानाको मेनुमा अनिवार्य नै थियो र त्यो पनि अत्यधिक । निर्धारित समयमै खाना आयो । उनकै हातले सबै खाना खुवाइन् मलाई, मेरो हातले चम्चासम्म पनि समाउन दिइनन् मलाई । खाना खाइसकेपश्चात् पनि पुनः तीन–तीन कप कफी पियौ“ हामीले शान्त वातावरण र न्यानो घाममा बसेर, दुवैका हात सुम्सुम्याउँदै ।

हामी त्यहाँ बसेको निकै घन्टा बितिसकेछ । समय बितेको पत्तै पाएनौं हामीले । जब हावामा हल्का चिसोपन आउन थाल्यो, गार्डेनका बत्तीहरु बल्न थाले अनि पन्छीहरु कराउँदै आफ्नो गुँडतर्फ फर्कन थाले, तब बल्ल आभाष भयो हामीलाई समयको ।

साँझ ढल्केर रात पर्न लागिसक्दा पनि हाम्रो मन छुट्टिन नमानेर बाटाका छेउछाउ र डाँडाकाँडामै बसिरह्यो । निकै नै समय बितिसकेपछि भने केही अप्ठ्यारो मान्दै घरतर्फ लाग्यौं । अझै गोदावरी क्षेत्रमै केही बेर घुमघामसमेत गरेर करिब साढे आठ बजे बेलुकी मात्रै घर फर्कियौ“ ।

फर्कने बेलामा समेत हात समाइरह्यौ“, सुम्सुमाइरह्यौ“ एक–अर्कालाई । बाटोमा उनी मुस्कुराउँदै मेरो हातमा चुम्बन गर्दै भन्दै थिइन्, ‘मलाई हजुरप्रति पूर्ण विश्वास छ । धेरै धन्यवाद हजुरलाई, मेरो यतिविघ्न ख्याल राख्नुहुन्छ । मेरो कदर गर्नुहुन्छ । म त बढी सम्हाल्न सक्छु आफूलाई भनेको त हजुर मभन्दा पनि धेरै संयमित हुनुहुँदो रहेछ । मैले नचाहेको होइन तर पनि एक अर्थमा हामी हिजो सँगै नबसेको राम्रै भएछ, नत्र मैले त कुनै पनि हालतमा रोक्न सक्ने थिइनँ आफूलाई !’

हो पनि, एक–अर्काको अङ्गालोमा बेस्कन बाँधिएर, एकाकार भएर निकै घन्टा बिताएका थियौ“ हामीले आज पनि । गोदावरीको कुनै रिसोर्टको गार्डेनमै भए तापनि !

म उनलाई भन्दै थिएँ, ‘तिमीले बिलकुलै चिन्ता गर्नुपर्दैन । मलाई तिम्रो साथ चाहिन्छ, मात्र सहवास होइन । जब तिमी पूर्ण स्वतन्त्र रुपमा आफ्नो इच्छा व्यक्त गछ्र्यौ, तब मात्र म केही गरौंला !’

उनी पूर्ण सन्तुष्ट थिइन् आज, तृप्त लाग्दै थिइन् । कोमल हातले मेरो हात मुसार्दै गालामा चुम्बन गरेर छुट्टिइन् उनी, घरछेउको चोकमा पनि ।

आज हामीले रातभरि निकै कुरा ग¥यौं फोनमा । दिउँसोको प्रेमरस पूर्ण स्खलन भएको थिएन, जो अझै पोखिन खोज्दै थियोे । पानी आफ्नो गुणअनुसार जम्नसक्ने खाल्टोको खोजीमा बहँदै थियो । त्यसैले आज राति हामी दुवै जना फोनमा निकै बहकियौ“ । चुर्लुम्म डुब्यौं एक–अर्कामा र तोकिएको सीमारेखा नाध्यौ“ आज पूर्ण रुपमा । बल्ल पोखियो हाम्रो माया, हाम्रो यौवनको उन्माद, भलै फोनमै किन नहोस् !

उनी तार–तार भएकी थिइन् मेरो मायामा । प्रेमरसले अफ्नो धर्म पूरा गरिसकेर, थाकेर फोन बन्द ग¥यौं हामीले । एकैछिन पछि उनले फेरि कल गरी रियलाइज गरिन्, अघि भर्खरैको बहकावलाई र अस्ति–अस्तिदेखिको हाम्रो क्रियाकलाप र आजको व्यवहारले गर्दा इमोसन बढी भएकाले त्यस्तो हुन गएको बताइन्, सरी भनिन् । मलाई बडो खुसी लाग्यो, उनको सत्यताको र सभ्यताको परिचायक थियो यो ।

उनी केही डराउँदै आफ्ना भावना व्यक्त गरिरहकी थिइन् यतिबेला । मैले हामी एक–अर्कालाई भेट्नुअघिको जुन शारीरिक अवस्थामा थियौं, अहिलेसम्म पनि त्यही अवस्थामै रहेकाले चिन्ता नलिन र राम्ररी सुत्न भनेपछि उनी सुतिन्, म पनि निदाएँ तृप्त हुँदै ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.