कुहिएको सिनोमा गिद्धहरूको झगड़ा ।
त्यस्तै पो देखिन्छ हौ, हाम्रा नेता तगड़ा ।।
धुकधुकी छउन्जेल भिड्न पछि नपर्ने ।
छोड़ी भाग आफ्नो, अर्काको मुख कोपर्ने ।।
हात उनको सधै मास्तिर, जातभातमा भन्छन नास्तीक ।
चुनाव पछि सबै बीर्सी , सुनपानीको मस्तिष्क ।।
आयु लम्ब्याउन बन्धक राख्छन् ईमान ।
बरु बन्छन् बदनामी भई
जीवनभर बेईमान ।।
देश हाम्रो मरे पनि उनी धेरै बाँचुन्।
उनको अकुत सम्पति स्वर्ग लैजान साँचुन्।।
सबै त्यै गर्छन त, उनले के बिगारे ?
दुःख-जेलो गर्दै, आफ्नै घर सिङ्गारे ।।