मलाई जन्माउने थिइनन्– मेरी आमा
पैतली मिलाउँदैनथे देउडामा– फुलेली लागेका बोटहरू
समुद्र कुरेर बस्दैनथ्यो नदीहरूलाई
छालहरूलाई डाक्ने थिएन जून
हुँदैनथ्यो– कपासको खेती आकाशमा
हराउँथेन मन इन्दे्रणी सहरमा
र भेटिदैनथ्यो– अक्षरहरूको बस्तीमा
झन् गाढा हुने थिएन संगीतको रंग,
खङ्ग्रङ्ग सुकेका पातहरूमा
श्रद्धाले– कहिल्यै झुल्किँदैनथ्यो शीर
र कहिल्यै स्पन्दित हुन्थेन, मजा
मेरो जन्म क्षेत्रमा, पे्रमको चन्द्रमा दाहिने पार्नलाई
मेरा सजल हृदय नेत्रमा,
प्रेमकै दिव्य प्रकाश उमार्नलाई
यो नसोध्नू बदलामा
बा’ले कति थुङ्गा गुराँस सिउरिदिएथे
मेरी आमाका ओठमा?