त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अनुगमन गरेका छन्।
चाडपर्वलाई लक्षित गर्दै उनले अनुमगन गरेका हुन्। विमानस्थलमा यात्रुहरूलाई के कस्तो समस्या आइरहेका छन् भनेर बुझ्नका लागि आफू आएको मन्त्री किराँतीले बताए।
अनुगमनको क्रममा यात्रुहरूले त्यहाँका पसलका व्यापारीले महँगोमा सामान बेचेको मन्त्रीसमक्ष गुनासो गरेका थिए। त्यहाँ भित्रका पसलमा राखिएका सामान बजार भाउभन्दा बढी लिएको भन्दै गुनासो आएपछि उनले व्यापारीलाई सटर नै बन्द गर्ने चेतावनी दिएका थिए।
आफूहरू पछि आउँदा पनि यस्तै घटना सुने कारबाही गर्ने उनले चेतावनी दिएका हुन्। व्यापारीहरूले भने अबदेखि यस्तो नहुने मन्त्रीसमक्ष बताएका हुन्।
तस्बिरहरू: