दरबारमार्गको एडिडास, रिबोक, बोस्नी लगायतका पाँच ब्रान्डेड पसलमा सिलबन्दी

दरबारमार्गको एडिडास, रिबोक, बोस्नी लगायतका पाँच ब्रान्डेड पसलमा सिलबन्दी


अपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दरवार मार्गका थप पाँच ब्रण्डेड पसलमा सिलबन्दी गरेको छ। अनुगमनको क्रममा कम मूल्यको सामानलाई अत्याधिक मूल्य राखेर बेचेको पाइएपछी पसल सिलबन्दी गर्न परेको अपुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।

उपभोक्ता ठग्नेलाई कुनैपनि हालतमा नछोड्ने र कसैले पनि कालोबजारी गर्न नपाउने दाहालको भनाइ छ। आज अनुगमनको क्रममा व्यवसायीले अवरोध गरेका थिए। प्रहरी लगाएर पसलमा सिल गरेको सरकारी टोलीले अनुगमनलाई निरन्तरता दिने बताएको छ।

आज एडिडास, रिबोक, बोस्नी, वाच एण्ड सी घडी पसल र सुलेक्स सेन्टरमा सिलबन्दी गरिएको दाहालले अनुगमन टोलीका सदस्य तथा उपभोक्ता हित संरक्षण मंचका दर्शन आचार्यले जानकारी दिए।

यो काम उपभोक्तको हितको लागि भएकाले जति बिरोध भएपनि अनुगमन नरोकिने महानिर्देशक दाहालले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.