छुटको नाममा ठगी गरेको भन्दै दरबारमार्गका ब्रान्डेड सोरूममा सिलबन्दी

छुटको नाममा ठगी गरेको भन्दै दरबारमार्गका ब्रान्डेड सोरूममा सिलबन्दी


चाडपर्वलाई मध्यनजर गर्दै दरबारमार्गका ब्रान्डेड सोरुमले सेलको नाममा ठगी गरेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डल नेतृत्वको टोलीले शिलबन्दी गरेको छ। चाडपर्वको नाममा ६०, ६५, ७५, ८० प्रतिशत छुट भन्दै मूल्य बढाएर उपभोक्ता ठग्ने काम गरेको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले सिलबन्दी गरेकाे छ। 

सेलको नाममा अधिक मूल्य असूल गरिएको, खरिद बिल देखाउन नसकेको कारणले त्यहाँका विभिन्न ब्रान्डका सामान बेच्ने पसलहरुमा सिलबन्दी गरिएको उपभोक्ता अधिकार मंचका अध्यक्ष  तथा अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले जानकारी दिए।

दरबारमार्गमा रहेका बेन्टले, नाइकी, पुमा, स्टोर वानलगायतका सोरुममा सिलबन्दी गरिएको उनले जानकारी दिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.