बाढीको असर राजश्व संकलनमा


तराईका केही जिल्लामा साउनको अन्तिम साता आएको बाढी र डुबानको प्रत्यक्ष असर राजश्व संकलनमा पनि परेको छ ।

बाढी र डुबानका कारण सिमान नाकाको सम्पर्कका पुल भत्कनुको साथै भन्सार नाकाहरु डुबानमा पर्नुको साथै जनजीवन नै अस्तव्यस्त बनेपछि त्यसको प्रभाव राजश्वमा परेको हो । अर्थमन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुंङगानाले साउन महिनामा ५३ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि जम्मा ४६ अर्ब मात्रै संकलन हुन सकेको बताए। यद्यपि समग्र चालु आर्थिक बर्षको राजश्व संकलनको लक्ष्य भने आफुहरुले पुरा गर्ने प्रतिवद्धता उनले जनाए।

राजश्व संकलनलाई अपेक्षाकृत हासिल गर्नका लागि न्युन विजीकरण तथा रावश्व चुहावट नियन्त्रण हुनु अत्यावश्क भएको भन्दै उहाँले त्यसका लागि मन्त्रालयले आधुनिक प्रणालीको सुरुवात गर्ने तयारी गरिरहेको जानकारी दिए।

वास्तविक मूल्य भन्दा कम मुल्यको बिल जारी गर्ने, सामान आयात गर्दा नेपाली भन्सारमा सामानको कम मुल्य बनाउने लगायत अनौपचारिक अर्थतन्त्रको कारोवार बढ्दै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । केही समय अघि विश्व बैकले सार्वजनिक गरेको तथ्याङकले नेपाली बजारमा ३९ दशमलब २ प्रतिशत अनौपचारिक अर्थतन्त्रको कारोबार भएको देखाएको छ भने राष्ट्र बैकको सर्वेक्षणमा भारतको भन्सार बाट नेपालको भन्सारसम्म आईपुग्दा ३५ प्रतिशत सामानको मुल्य हराउने गरेको देखिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.