पैसा कमाउन विदेश नै जानुपर्छ ? उच्च शिक्षा हासिल गरेर जागिर नै खानुपर्छ ? वा ठूलाठूला व्याापार व्यवसायमै लाग्नुपर्छ ? भन्ने होइन ।” जानेकै सीपलाई प्रयोग गरेर राम्रो आम्दानी गर्न सिकिन्छ भन्ने उदाहरण सिकन्दरकुमार ठाकुरले प्रस्तुत गरेको छ ।
शंकरदेव क्याम्पसबाट वाणिज्य विषयमा स्नातकोत्तर तहको शोधपत्र ( थेसिस) लेख्नमा व्यस्त हुने उनी कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेको छ ।
“बुबाले कालोपुलस्थित हाम्रो सैलुन सञ्चालनमा ल्याएको तीन दशक बित्न लाग्यो, नौ वर्षको उमेरदेखि नै बुबासँगै आफूले पनि कैँची चलाउन सिकेँ र यो सँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै गएको छु ।” प्रशन्न मुद्रामा ठाकुरले भने ।
अहिले उनी २८ वर्षको भए । रु एक लाख राशिको उद्यमशीलता पुरस्कार आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त गरेपछि उनी खुसीले गदगद् भए। पुरस्कार पाएपछि खुसीले उनले भने – “मैले सोचेको पनि थिइनँ, यति छिट्टै पुरस्कार प्राप्त गर्छु ।”
बुबा र छोराका साथै अन्य तीनजना पनि सैलुनमा काम गर्छन् । “चार हजारसम्म दैनिक आम्दानी हुन्छ, किन विदेश जानुपर्यो, यही केही गर्न सकिन्छ”, ठाकुरले भने ।
शोधपत्र बुझाएपछि यही व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने सोचाइमा उनी छन्हु । उच्च शैक्षिक योग्यता हासिल गरेर सैलुन सञ्चालनमार्फत युवामा श्रमप्रति सम्मान र उत्प्रेरणा जगाउने कार्यबापत राष्ट्रपतिले उनलाई सो पुरस्कारबाट सम्मान गरेका थिए।
“आँट हुनुपर्छ, आँटले नै व्यक्तित्व बनाउँछ । अपांगले के गर्न सक्दैन ? सीतानारा थारु भन्दै थिए । उनको कम्मरमुनिको शरीर चल्दैन । ह्विल चियर प्रयोग गर्नुहुन्छ तर उनी आफू अपांग भएर पनि सपांगलाई ज्ञान र सीप बाँड्न तल्लिन छन् । ।
बेलौरी नगरपालिका–६ कञ्चनपुरमा थारु समुदायका महिलालाई उद्यमशील बनाउन कल्पना सिलाइ केन्द्र सञ्चालनमा ल्याएका छन।
“अपांग भएपछि लाागेको वचनरुपी घाउलाई मलमपट्टि लगाउन सिलाइ केन्द्र खोलेको हुँ । हाल केन्द्रमा १५ जनाले सिकाइ, कटाइ तथा बुनाइ सिकिरहेका छन्, पाँचजनालाई त रोजगारी नै दिएकी छु”, उनले भने ।