राजधानीमा तेस्रो शैक्षिक परामर्श मेला सुरु (फोटोफिचर)


स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने मुल नाराका साथ दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आजदेखि तेश्रो शैक्षिक परामर्श मेला सुरु भएको छ। यस मेलामा नेपालमै उच्च शिक्षाका प्रदान गर्ने उत्कृष्ट ४० वटा कलेजहरुको सहभागिता रहेको छ। मेला आइतबारसम्म चल्ने आयोजक एजुकेसन डटकमले जनाएको छ।

विद्यार्थीहरुले अध्यापन गर्ने विषयहरु, शूल्क, छात्रवृति लगायतका जानकारी तथा आफ्नो इच्छा र पृष्ठभूमिका आधारमा कस्तो विषय छनोट गर्दा उचित हुन्छ भनेर मेलाबाट जानकारी लिन सक्ने एजुकेसन डटकमका प्रबन्धक निर्देशक जीवन लामा गोलेले जानकारी दिए।

‘स्वदेशी शिक्षा गुणस्तरीय छैन भन्ने मान्यता पनि यहाँ पाइन्छ, त्यसलाई चिर्न पनि मेला महत्वपूर्ण रहेको छ’ लामाले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.