बिमस्टेक प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण (फोटोहरु)


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएका विशिष्ट व्यक्तिहरुले आज रिट्रीटको सिलशिलामा चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन्।

अनौपचारिक भ्रमणको क्रममा उनीहरुलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ्गले स्वागत गरी परियोजनाको स्थलगत भ्रमण गराएका थिए।

अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधानमन्त्र ीएवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, भुट्नीज विदेश मन्त्री दाम्चो दोर्जी र म्यानमारका विदेश राज्यमन्त्री च्वेँ टेँले नेतृत्व गरेका थिए। भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीहरुले चन्द्रागिरि आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव भएको प्रतिक्रिया दिँदै आगामी दिनमा सपरिवार भ्रमण गर्ने इच्छा रहेको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.