रैराङ हाइड्रोको काम ५०% सम्पन्न, स्थानीयलाई सेयर बाँडफाँड


रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाहरुको सीमाना भई बग्ने इवाखोलामा निर्माण गरिरहेको ९.९ मेगावाटको आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ।

आयोजना निर्माण भइरहँदा कम्पनीले सर्वसाधारणका लागि खुलाएको सेयरको बाँडफाँड भएको छ। धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुरुप ट्रेड टावर थापाथलीमा सबैलाई कम्तीमा १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

प्रत्यक्ष प्रभावित तर्फ ५० देखि ३०० कित्ता माग्नेलाई मागबमोजिम नै जम्मा ७९ हजार ११० कित्ता दिइएको छ। ३५० देखि २८०० कित्ता सम्म माग गर्नेलाई ३०० कित्ताका दरले १ लाख ४१ हजार कित्ता दिइएको छ।

बाँकी रहेको ३ हजार ८९० कित्ता शेयर ३५० देखि २८०० कित्ता माग गर्नेलाई गोलाप्रथाबाट थप न्यूनतम १० कित्ताका दरले ३ हजार ८९० कित्ता बाँडफाँट गरिएको छ।

प्रभावित क्षेत्रतर्फ ५० देखि ९० कित्ता माग्नेलाई माग बमोजिम २९ हजार ७०० कित्ता, १०० देखि २८०० कित्ता सम्म माग गर्ने आवेदकहरुलाई ९० कित्ताका दरले २ लाख ९७ हजार ७२० कित्ता दिइएको छ।

बाँकी रहेको ८ हजार ५८० कित्ता सेयर १ सयदेखि २८ सय कित्तासम्म माग्ने आवेदकहरुलाई गोला प्रथाबाट थप न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिएको छ।

पहिलो चरणमा कम्पनीले आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात ५ लाख ६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि जारी गरेको थियो। जसमा ४ हजार ९३० जनाले २३ लाख ६८ हजार ४३० कित्ता सेयरको माग गरेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.