चालु वर्षको राजश्व लक्ष्य ७ खर्ब ३० अर्ब


सरकारले आर्थिक वर्ष २०७४÷७५ मा ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजस्व संकलनको विगतलाई विश्लेषण गर्दै आर्थिक वर्ष २०७४÷७५ मा ७ सय ३० अरव, ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको स्पष्ट पारे। मंगलबार सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले आर्थिक गतिविधि बढाउने गरी पुनर्निर्माणको काममा लगानीको विस्तार हुनु, भन्सार विन्दुहरुमा सुरुवात गरिएको नयाँ प्रणाली, लगानी अनुकूल वातावरणको निर्माण, निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलाप, राजस्व प्रशासनको विस्तारित क्षमता राजस्व संकलनमा वृद्धि हुने आधार रहेको पनि उल्लेख गरे।

सरकारले आर्थिक वर्ष २०७३÷७४ मा ६ सय ११ अरव ७६ करोड ७८ लाख ९६ हजार राजस्व संकलन गरेको थियो । मन्त्री कार्कीले कर आधारको विस्तार र कर प्रणाली सुदृढ हुँदै गएकाले पनि राजस्व संकलनमा वृद्धि हुँदै गएको पनि स्मरण गराए।

अर्थ मन्त्रालयले लक्ष्य अनुसलने योजना पनि बनाएको छ । मन्त्री कार्कीले करको दायरा विस्तार, कर परिपालनार राजस्व संकलन गर्न चुहावट नियन्त्रणका लागि कठोर नीति ािमा अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि कठोर नीति अवलम्बन गरी राजस्व संकलन लक्ष्यभन्दा बढि असूल गर्ने योजना बनाइएको पनि बताए। उनले राजस्व संकलनले अर्थतन्त्रलाई सवल र सक्षम बनाउने पनि उल्लेख गरे।

मन्त्री कार्कीले आर्थिक गतिविधिलाई पारदर्शी, सुदृढ र सक्षम बनाउन राजस्व प्रशासन प्रणालीलाई बलियो बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। सरकारले आर्थिक वर्ष २०७४÷७५ मा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.