बूढानिलकण्ठ नगरमा महिलाले घर बनाए नक्सापासमा १० प्रतिशत छुट


बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम तथा पारित गरिएको छ।

आज बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले जानकारी गराए। उनले महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरिएको बताए।

यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयस्रोतमा ७५ प्रतिशत छुट समेत गरिएको छ । नगर प्रमुख खरेलले समय अभावका कारण बजेट पारित गर्न नसकिएको बताए।

नगरले पूँजीगततर्फ ५२ करोड ९७ लाख ८६ हजार ६१० र चालुतर्फ १७ करोड बजेट विनियोजन गरिएको छ।

यसैगरी फोहोर संकलनका लागि वडा नं १० मा डस्टविन वितरण गरिएको छ । वडा अध्यक्ष नवराज भट्टराईले वडाका विभिन्न स्थानमा फोहोर संकलन गर्न स्थानीय महिला समूहलाई २५ थान डस्टबिन वितरण गरिएको जानकारी दिए। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.