चक्रपथमा पनि फ्लाइओभरको सम्भाव्यता अध्ययन गर्दै ललितपुर महानगर


ललितपुर महानगरपालिकाले पुल्चोकदेखि थापाथलीसम्म फ्लाइअभोर संचालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आउने आर्थिक वर्षभित्रै उक्त अध्ययन थालिने महानगरका प्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सवारी चाप व्यवस्थापनका लागि पार्किङ, वैकल्पिक मार्गजस्ता पूर्वाधार निर्माणको लागि अध्ययन अगाडि बढाउने नीति अनुसार महानगरले यही वर्षबाट उक्त अध्ययन थाल्ने बताएको छ।

यसैबीच ललितपुर महानगरभित्र पर्ने चक्रपथको भाग बालकुमारीदेखि बल्खुसम्म धेरै जाम हुने स्थानहरुमा पनि त्यस्ता फ्लाइओभर इन्टरसेक्सनको सम्भाव्यता अध्ययनको काम सँगै अगाडि बढाइने नगर प्रमुख महर्जननले जानकारी दिए।

ग्वार्को, सातदोबाटो, एकान्तकुना जस्ता धेरै जाम हुने ठाउँमा फ्लाइओभरको सम्भाव्यता अध्ययन गरिने महर्जनको भनाइ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.