पूर्वाधार निर्माणको एक वर्षभित्र भत्किए निर्माण व्यवसायीले बनाउनुपर्ने


ललितपुर महानगरपालिकाले सडक निर्माणको मापदण्ड निर्धारण गरेको छ। अबदेखि सडक निर्माण हुँदा त्यसमा लगाइने पिँचको थिकनेस अनिवार्य १ दशमलब ५ इन्च हुनैपर्ने व्यवस्था गरिएको नगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

कुनै पनि सडक तथा पूर्वाधार निर्माण सम्पन्न भएपछि त्यसको प्रयोगशाला परीक्षण पछिमात्र अन्तिम भुक्तानीको व्यवस्था गरिने महर्जनले जानकारी दिए।

त्यस्तै गुणस्तरीय निर्माणको कुनै पनि पूर्वाधार सम्पन्न भएको एकवर्षसम्म भत्के,विग्रेमा त्यसको जिम्मेवार निर्माण व्यवसायी हुने यदि उसले नगरे उसको रिटेन रकमबाट महानगर ले मर्मत गर्ने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.