ललितपुरमा ५ हजार वर्गफिटसम्मका भवनलाई आवासीय मानिने


ललितपुर महानगरमा कम्तीमा ५ हजार वर्गफिटसम्मका भवनलाई आवासीय भवन मानिने भएको छ। ग्राउण्ड कभरेज १५ सय वर्गफिटभन्दा बढी वा ५ हजार वर्गफिटभन्दा ठूला घरलाई व्यापारिकसरह कर लिइने महानगरले जनाएको छ।

बसोबासका लागि उपयुक्त हुनेगरी वा व्यापार व्यवसाय गर्न नमिल्ने प्रयोजनका लागि बनाइएका घरलाई आवासीय घर भनिन्छ। आवासीय क्षेत्रमै ५ हजार वर्गफिटभन्दा बढी रहेका भवनले व्यापारीसरह कर तिर्नुपर्ने हुन्छ।

ललितपुरका तत्कालीन हरिसिद्धी, सुनाकोठी, धापाखेल गाविस र कार्यविनायक नगरपालिकामा प्रस्तावित बाटो, क्षेत्र निर्धारण र पुराना घरहरुको नक्सा पास गर्ने सम्वन्धमा आवश्यक कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.