विदुरको नगरपालिकाको बजेट ५७ करोड


विदुर नगरपालिकको प्रथम नगरसभाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि ५७ करोड ८८ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

चालु खर्चतर्फ ३४ करोड ४३ लाख १८ हजार र पुँजीगत खर्चतर्फ २३ करोड ४५ लाख ७८ हजार बजेट पारित भएको छ। नगर उपप्रमुख गीता दाहालले प्रस्तुत गरेको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

आन्तरिक आय एक करोड, सशर्त अनुदान १८ करोड ७१ लाख, सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान २६ करोड २४ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त अनुदान एक करोड, राजिष्ट्रेसन दस्तुर ८० लाख, सामाजिक सुरक्षा कार्यक्रम सात करोड ५० लाख, लगत सहभागिता एक करोडलगायतको बजेट नगरसभाले पारित गरेको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.